पशुपतिनाथ मन्दिर साढे चार महिनापछि सर्वसाधारणका लागि खुला

+
-

काठमाडौँ – हिन्दूहरूको पवित्र तीर्थस्थल पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुलेकाे छ। सर्वसाधारणको लागि शुक्रबार बिहान ५ः३० बजेदेखि नै मन्दिर खुलेकाे पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।

कोषले असोज १ गतेदेखि मात्रै सर्वसाधारणको लागि मन्दिर खोल्ने तयारी गरेको थियो। तर भक्तजनको अत्यधिक मागको कारण शुक्रबार नै मन्दिर खुला गरिएकाे कार्यकारी निर्देशक खतिवडाले बताए।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएको कारण देखाउँदै कोषले वैशाख १० गतेदेखि मन्दिर बन्द गरिएको थियो।
‘मन्दिरमा असोज १ गतेदेखि विशेष पूजासमेत सञ्चालन गर्छौं’, कार्यकारी निर्देशक खतिवडाले भने, ‘अहिलेलाई भक्तजनको लागि मन्दिर दिउँसो २ बजेसम्म खुला हुनेछ।’

उनले कोभिड १९ को जोखिमको अवस्था हेरेरमात्रै साविकबमोजिम मन्दिर खुलालगायत निर्णय गरिने बताए।

साढे चार महिना मन्दिर बन्द गर्नुपरेकाले बिहीबार क्षमापूजा समेत भएकाे थियाे ।

पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ। एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने कोषले जनाएको छ।

त्यस्तै मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ। कोषले एउटा ढोकाबाट मन्दिर प्रवेश गरेर अर्को ढोकाबाट बाहिरिने व्यवस्था मिलाएको छ।

विसं २०७६ चैतमा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो।

विसं २०७६ चैत ११ देखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गते खुला गरिएको थियो।

विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र सुरु गरिएको थियो। त्यही दिनदेखि साविकबमोजिम नै पूरा समय पशुपतिनाथ मन्दिर खुला गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?