‘तोरी खायो मौरीले’ भन्दा आपत्ति- सर्जकप्रति लक्षित कि गीतका शब्दप्रति?

‘तोरी खायो मौरीले’ भन्दा आपत्ति- सर्जकप्रति लक्षित कि गीतका शब्दप्रति?
+
-

काठमाडौँ – दुई महिना अगाडि युट्युबमा सार्वजनिक भएको तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ मा प्रयोग भएको शब्दमा आपत्ति जनाउँदै नेपाल मौरीपालक महासंघले विज्ञप्ति निकाल्यो। सार्वजनिक गरिएको विज्ञप्तिमा गायिका कमला घिमिरेको नाम उल्लेख गरिएको छ।

विज्ञप्तिमा गीतमा प्रयोग भएका शब्द ‘तोरी खायो मौरीले’ ले नेपाल मौरीपालक महासंघ दुखित भएको र कृषकलाई आक्रोशित तुल्याएको साथै तोरी उत्पादक कृषकलाई अन्यौल श्रृजना गरेको उल्लेख गरिएको छ।

गीतमा ‘पागल बहुलठी पन’ प्रयोग गरिएको भन्दै कमला घिमिरेप्रति खेद प्रकट गरी सरकारसँग हदैसम्मको कारवाहीको माग गरिएको छ। ध्यानाकर्षण पत्र सार्वजनिक भएपछि गीतका रचनाकार नेत्र अर्याल अचम्मित भएको प्रतिक्रिया दिन्छन्।

देश सञ्चारसँगको फोन संवादमा अर्यालले भने, ‘मैले पत्रपत्रिकामा समाचार छापिएपछि थाहा पाएँ। उहाँहरुमा त्यति परिपक्वता पनि रहेनछ, उहाँहरुले के मनशायले यो गर्नुभएको प्रष्ट छैन। श्रृजना गर्ने व्यक्ति हामी छौँ, विज्ञप्तिमा प्रयोग भएका केही शब्द आपत्तिजनक छन्। भविष्यमा केही गरौँला भनेर यो क्षेत्रमा लागेको बालकलाकारको लागि त्यो शब्द प्रयोग गरिएको छ।’

यो गीत शुभारम्भ डिजिटल म्यूजिककाे च्यानलबाट जुलाई २ सन् २०२१ मा सार्वजनिक भएको थियो। गीतको शब्द अर्यालले लेखेका हुन्। यो गीतमा संगीत खेम सेन्चुरीले भरेका हुन्। शम्भु कुवँरको लगानीमा बनेको गीतमा कमला घिमिरेले स्वर दिएकी हुन् र गीतको भिडियोमा उनी पनि देखिएकी छन्।

‘उहाँहरु कसैसँग मेरो व्यक्तिगत चिनजानी पनि छैन र मिडियामा आएपछि सञ्चारकर्मीहरु भन्दा अरुसँग हामीले कुरा पनि भएको छैन’ गीतका शब्द लखेका अर्याल भन्छन्, ‘विज्ञप्तिको आशय पनि बुझिएन। गीत सुनेर मौरीले मह उत्पादन गर्न छोडेको हो की तोरी फुल्न छोडेको हो कि! उद्देश्य के हो भन्ने नबुझेको भएर यसमा बहस गर्न उचित लागेको छैन।’

महासंघलाई के कुरामा आपत्ति?

विज्ञप्तिमा तोरी उत्पादनमा मौरी विचरण गर्दा ३० प्रतिशत भन्दा बढी उत्पादन वृद्धि भएको प्रयोगात्मक तथ्य रहेको जानकारी गराइएको छ। नेपाल मौरीपालक महासंघले गीत बन्द गर्न माग गरेको छ।

महासंघका अध्यक्ष शिवप्रसाद शर्मा (पौडेल) ले देश सञ्चारसँग कुराकानी गर्दै भने, ‘हामीलाई अरु कुरामा हैन, मौरीले तोरी खायो भन्नेमा समस्या भएको हो। यो तथ्य आधारहीन र भ्रामक सन्देश गयो।’

विज्ञप्तिमा उल्लेख गरिएको कमला घिमिरेको नामको बारेमा अध्यक्ष पौडेलले भने, ‘उनको नाममा आएको रहेछ, यो अब सेन्सर बोर्डले कसरी पास गर्‍यो ? हाम्रो त्यसमा आपत्ति छ, हामी सिडियो कार्यालय पनि जाँदै छौँ।’ गीतलाई सेन्सर गर्ने बाेर्ड भने नेपालमा छैन ।

‘मौरीले तोरी खायो भन्ने कुरा गीतमा गाउनको लागि नेपाल सरकारले कसरी अनुमति दिएको ?’ उनले प्रश्न गरे, ‘हामी किसान हो मौरी पाल्ने, मौरीले तोरी खायो भन्दै गीत बजाउँदा त्यसले कस्तो विवाद गर्छ, त्यसले कस्तो असर गर्छ ?’

उनले गीतका सर्जकहरुप्रति आफूलाई केही आपत्ति नरहेको उल्लेख गर्दै भने, ‘जसको नाममा आएको हो उसैको नाम लेखेका हौँ, कसलाई कारवाही गर्नुपर्ने त्यो सरकारको काम हो। हाम्रो माग त्यो गीत हट्न पर्‍यो। गीत किसानबिच विवाद सिर्जना गर्ने किसिमको छ।’

गीत आएको यतिका समयसम्म किन विरोध नगरेको भन्ने प्रश्नमा उनले भने, ‘गीत आएको २ महिना भएको मैले मिडियाले भनेपछि थाहा पाएँ तर हामीले जतिबेला थाहा पायौँ त्यतीबेला विज्ञप्ति सार्वजनिक गर्‍यौँ। हाम्रो संघ ४२ जिल्लामा छ, साथीहरुले कार्यालयमा उजुरी दिनुभएको थियो। हामी यो गीत हटाउन अझ अगाडि लाग्छौँ।’

यो पनि पढ्नुहोस्

गीतको शब्दसँग मिल्यो खेम सेञ्चुरीको जीवन – ‘सोचे झैँ जीन्दगी रैनछ!’

गीतको शब्दसँग मिल्यो खेम सेञ्चुरीको जीवन – ‘सोचे झैँ जीन्दगी रैनछ!’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?