तनहुँमा सामाजिक विकास कार्यालय स्थापना

तनहुँमा सामाजिक विकास कार्यालय स्थापना
+
-

दमौली – गण्डकी प्रदेश सरकारले तनहुँमा सामाजिक विकास कार्यालय स्थापना गरेको छ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका कार्यक्रम कार्यान्वयनका लागि जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको हो। शिक्षा विकास तथा समन्वय इकाइको दुई कोठामा सो कार्यालय सञ्चालन गरिएको छ।

कार्यालयको बुधबार उद्घाटन गर्दै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले अन्य कार्यालयको सेवाग्राहीभन्दा सामाजिक विकास कार्यालयको सेवाग्राही फरक भएकाले संवेदनशील भएर सेवा प्रवाह गर्नुपर्ने बताए।

उनले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई सहज रूपमा सेवा प्रवाह गर्न कार्यालय स्थापना गरिएको जानकारी दिँदै ११ वटै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय भएको बताए।

प्रदेश सरकार जनताप्रति उत्तरदायी हुन र जनतासँग नजिक रहेर काम गर्ने उद्देश्यसहित सामाजिक विकास कार्यालय स्थापना गरिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, ‘सहकार्य र सहअस्तित्वका आधारमा तीन तहको सरकारबीच समन्वय गरेर काम गर्नुपर्छ।’

मन्त्री श्रेष्ठले सबै नागरिक स्वस्थ र शिक्षित भए मात्रै देश विकास सम्भव रहेकाले हरेक नागरिकलाई शिक्षित र स्वस्थ बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

प्रदेशसभा सदस्य आशा कोइरालाले जिल्लास्तरमा कार्यालय नहुँदा सेवाग्राहीले सेवा पाउन गाह्रो भएको महसुुस गरी कार्यालय स्थापना गरेकामा प्रदेश सरकारलाई धन्यवाद दिए। प्रदेशसभा सदस्य डोबाटे विक र सरिता गुरुङले जिल्लामा कार्यालय नहुँदा मन्त्रालयको सेवा लिन पोखरा पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताए।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संविधानको मर्मअनुसार धेरै कार्यालयको काम स्थानीय तहले गर्ने भनिए पनि त्यसको सफल कार्यान्वयन हुन नसकेको बताए। सामाजिक क्षेत्र, संस्कृति संरक्षण र सम्बद्र्धनका लागि कार्यालयले काम गर्नुपर्नेमा उनले जोड दिए।

मन्त्रालयका महाशाखा प्रमुख तोयनाथ लम्सालले हालसम्म गण्डकी प्रदेशका पाँच जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको जानकारी दिए। उनले आइतबारै गोरखामा र भोलि नवलपुरमा कार्यालय स्थापना गरिने बताए।

हिंसापीडित महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिलाई सहज सेवा दिन कार्यालय स्थापना गरिएको कार्यालयका प्रमुख बुद्धिसागर घिमिरेले जानकारी दिए।

सामाजिक विकास मन्त्रालय मातहतको महिला विकास कार्यालयको अलपत्र भवनलाई चाँडै सम्पन्न गरी सामाजिक विकास कार्यालय सोही भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष