ब्याडमिन्टन प्रतियोगितामा विनोद र पर्लाबको जोडी च्याम्पियन

ब्याडमिन्टन प्रतियोगितामा विनोद र पर्लाबको जोडी च्याम्पियन
+
-

लमजुङ – बेँसीसहर नगरपालिकाका विनोद तामाङ र पर्लाब बोहोराको जोडी प्रथम जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ।

विजयदशमी तथा दीपावलीका अवसरमा बेँसीसहर–८ क्रिशक्तिमार्गमा जिल्लाका तीन युवाद्वारा सञ्चालित फिटनेस कम्प्लेक्सको आयोजनामा शनिबार भएको फाइनल खेलमा उक्त जोडी प्रतियोगिताको च्याम्पियन बनेको हो।

फाइनल खेलमा तामाङ र बोहोराको जोडी सुन्दरबजार नगरपालिकाका लोकेश सुनार, दिपन गायकको जोडीलाई २१–१३, २१–१२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।

च्याम्पियन बनेसँगै विनोद र पर्लाबको जोडीले २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। त्यस्तै, सेमिफाइनलमा पुग्ने सुन्दरबजारका मन्बिर गुरुङ र वीरबहादुर गुरुङ तथा भोटेओडारका रोहित गुरुङ र सुभास श्रेष्ठको जोडीले पाँच–पाँच हजार र प्रमाणपत्रमा चित्त बुझाएका छन्।

सो अवसरमा उदयमान नयाँ खेलाडी समीर गुरुङ र समीर शेखको जोडीलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गर्दै प्रोत्साहन गरिएको थियो।

विजयी खेलाडीलाई राष्ट्रिय युवा परिषद्का जिल्ला अध्यक्ष जुन तामाङले पुरस्कार वितरण गर्दै दसैँको बेलामा आयोजना गरेको यस प्रतियोगिताको मुख्य उद्देश्य नयाँ खेलाडी उत्पादन गर्ने भएकाले स्कुल–स्कुलमा, विभिन्न ठाउँमा कोर्ट गर्दै ब्याडमिन्डन संघले प्रतियोगिता सञ्चालन गरेर सानै उमेरदेखि ब्याडमिन्टन प्रतियोगितामा जोड दिनुपर्ने बताए। प्रतियोगितामा जिल्लाका २३ समूहको सहभागिता रहेको आयोजकले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष