चारधाम यात्रामा अस्थायी प्रतिबन्ध

चारधाम यात्रामा अस्थायी प्रतिबन्ध
+
-

मौसम सुधार नभएसम्मका लागि चारधाम तिर्थयात्रामा रोक लगाइएको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

आइतबारसम्म हरिद्वार र ऋषिकेश पुगेका तिर्थयात्रीहरुलाई मौसममा सुधार नआएसम्म त्यहाँबाट अघि नजान भनिएको हो । हिमाली क्षेत्रका तिर्थस्थलसम्म पुग्ने सवारी साधनको सञ्चालनमा तत्कालका लागि रोक लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारी वर्षाका कारण जनजीवन प्रभावित हुनेक्रम जारी रहेको भन्दै सम्भावित जोखिम टार्नका लागि उत्तराखण्ड सरकारले चारधाम यात्रामा अस्थायी रुपमा रोक लगाएको हो ।

भारी वर्षासँगै गएको बाढी–पहिरोका कारण पाँचजनाको ज्यान गएको छ । मृत्यु हुनेमा तीन नेपाली भरिया पनि रहेको उल्लेख छ । त्यसपछि स्थानीय अधिकारीहरुले मौसम सुधार नभएसम्मका लागि चारधाम यात्रामा रोक लगाएका हुन् ।

पुरी जिल्लाको सामखलमा टेन्टमा बसेका मजदुरहरुलाई माथिबाट आएको गेग्रानसहितको पहिरोले पुरेको हो । उनीहरु सामखलको निर्माणाधिन होटलमा काम गर्दै आएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?