महाधिवेशनस्थल निरीक्षण गर्न चितवन जाँदै केपी ओली

महाधिवेशनस्थल निरीक्षण गर्न चितवन जाँदै केपी ओली
+
-

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओली पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण गर्न सोमबार चितवन पुग्ने भएका छन्।

ओली काठमाडौँबाट स्थलमार्ग हुँदै चितवन जाने भएका हुन्। चितवन पुगेलगत्तै उद्घाटन स्थलको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन्।

एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते चितवनमा हुँदैछ। एमाले चितवनले महाधिवेशन उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने प्रस्ताव गरेको थियो। सोही प्रस्तावअनुसार पार्टी अध्यक्ष ओलीले नारायणी नदी किनार र सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्ने अध्यक्ष रावलले बताइन्।

उनका अनुसार उद्घाटन सत्र नारायणी किनारमै गर्ने लगभग टुङ्गो लागेको छ तर बन्द सत्र होटल वा खुला ठाउँमा कहाँ गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन। ओलीले सोमबार स्थलगत निरीक्षण गरेपछि त्यसको पनि टुङ्गो अध्यक्ष रावलले बताइन्।

महाधिवेशन उद्घाटनस्थलको निरीक्षणपश्चात ओलीले नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्नेछन्। त्यसपछि महाधिवेशनको बन्द सत्र हुने सौराहा जाने कार्यक्रम रहेको अध्यक्ष रावलले जानकारी दिइन्।

दुई दिनको चितवनको बसाईका क्रममा ओलीले माडीको अयोध्याधाम र नारायणी नदीमा क्रुजको अवलोकन गर्ने कार्यक्रम छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष