चुनावमा एमालेलाई पन्छाएर अघि बढ्छौं – माधवकुमार नेपाल

चुनावमा एमालेलाई पन्छाएर अघि बढ्छौं – माधवकुमार नेपाल
+
-

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा एमालेलाई पन्छाएरै अघि बढ्ने उद्घोष गरेका छन्।

आगामी निर्वाचनसम्म आफूहरुको गठबन्धन अघि बढ्ने भन्दै उनले एमाले नाम उच्चारण नगरिकनै निर्वाचनको प्रतिस्पर्धामा आउनेलाई पन्छाएर अघि बढ्ने उद्घोष गरेका हुन्। अध्यक्ष नेपालले भने, “गठन्धन बलियो बन्दै गएको छ। हामी पाचै दल मिलेर चुनावको समना गर्छौ। प्रतिस्पर्धामा आउनेलाई पन्छाइ दिन्छौं।”
बिहीबार बिहान स्वदेश फर्किने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गठबन्धन चुनावसम्मै जाने दाबी गएका छन्।

एकीकृत समाजवादी कागेश्वरी मनहरा नगरपालिका – ८ कमिटीले दीपावली, नेपाल संवत् ११४२ र छठलगायतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधान म्हास्नेलाई दण्डित गरिसकेको जिकिरसमेत गरे।

‘संविधान म्हास्नेलाई दण्डित गरेर ठेगान लगाइसकेका छौं’, उनले भने, ‘अब चुनावको प्रतिस्पर्धामा आउनेलाई पन्छाएर अघि बढ्ने हो।’

नेता नेपालले लोकतन्त्र र संविधानविरोधी एमालेलाई संघसँगै प्रदेशहरुसमेत विस्थापित गरिसकेको बताए। ‘सूर्यमा ग्रहण लागिसक्यो’, उनले भने, ‘लोकतन्त्र र संविधानविरोधी एमालेलाई संघ र प्रदेशमा विस्थापित गरिसकेका छौं।’

नेता नेपालले आफ्नो नेतृत्वको एकीकृत समाजवादी पार्टी नयाँ नभएको बताए। ‘एकीकृत समाजवादी जति नयाँ छ, त्यति नै पुरानो पनि छ’, उनले भने, ‘कम्युनिष्ट को–अर्डिनेसन, नेकपा माले र नेकपा एमाले बनाउन दुःख गर्ने पुराना नेता सबै एकीकृत समाजवादीमा छौं।’

नेता नेपालले आफूहरुलाई एमालेबाट गलहत्याएर बाहिर निकालेको बताए। दास बन्नुबाहेक अर्को स्थिति नभएर निस्सासिइसकेपछि एमालेमा विद्रोह गरेर एकीकृत समाजवादी गठन गरेको उनले स्पष्टीकरण दिए।

उनले एकीकृत समाजवादी जनताको आशा र भरोसाको केन्द्र बन्दै आएको दावी गर्दैै देशभर पार्टीमा उत्साह देखिएको बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष