
जहिले पनि हार हुन्छ खेलमा परेर
हारजीत छुट्याउनेको झेलमा परेर।।
जिउभरि बाक्लै हिलो देख्नेलाई लाज
लोभले माछा समाउँदा भेलमा परेर।।
फुस्रा थिए ओठमुख जिउ झनै फुस्रा
अहिले चिल्ला देखिएका तेलमा परेर।।
फेरि चपाउँ कता चपाउँ दाँत दुखाउने
बालुवा गिट्टी चपाइएछ सेलमा पेरर।।
कता होला बास गाँस ठाउँमा पुगिएन
थाङ्ना ओढाइ सुताएको रेलमा परेर।।
सीधा बाटो कुदौँ भने गोडा फुलेका
गोडा किन फुले भन्दा नेलमा परेर।।
बीए एमए पढाइ गरे सधैँ डुकुलण्ठु
योग्य आखिर तिनै भए जेलमा परेर।।