कालाबांगमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा

कालाबांगमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा
+
-

गलेश्वर – वर्षौदेखि टुकी र सिठाको धिपधिपे उज्यालोमा जीवनयापन गर्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानी कालाबांगवासी केन्द्रीय प्रसारण लाइनको विद्युतले गाउँ नै झिलीमिली भएपछि खुसी छन्।

पाखापाखानीको कमथानदेखि घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीका ५० घरमा विद्युत् विस्तार भएको छ। नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले यी गाउँमा विद्युतीकरण गरेपछि गाउँ उज्यालो भएको रघुगंगा –६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए।

यसअघि त्यहाँका बासिन्दा लघुजलविद्युत परियोजनाको बिजुली, सोलार र टुकीमा निर्भर थिए। केन्द्रीय प्रशारण लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको उनले जानकारी दिए।

विद्युतीकरणका लागि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको थियो। रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसंख्याको बसोबास छ। रासस

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष