नास्टमा सूचना पहुँच केन्द्र स्थापना

नास्टमा सूचना पहुँच केन्द्र स्थापना
+
-

ललितपुर – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ।

उक्त केन्द्रको शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य तथा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकका साथै दक्षिण कोरिया–नेपाल सूचना पहुँच केन्द्रका अध्यक्ष मुन योङसिकले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

उक्त अवसरमा शिक्षा राज्यमन्त्री यादवले केन्द्रको नाममा रहेको मोबाइल भ्यानले मुलुकका ग्रामीण भेगमा पुगी शिक्षित र अशिक्षितबीचको खाडल भर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

सचिव आचार्यले नाष्टमा सो केन्द्रको व्यवस्था भएसँगै सूचना र प्रविधिको क्षेत्रमा सहज हुने बताए।

नाष्टका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले उक्त पहुँच केन्द्र स्थापनाका लागि सन् २०१९ मा कोरिया सरकारलाई प्रस्ताव बुझाएबमोजिम २०२० भित्र नाष्टमा आवश्यक सम्पूर्ण सामग्री जडानको काम सम्पन्न भएको जानकारी दिए। मुलुकमा कोरोना महामारी भएकाले केन्द्र समयमै प्रयोगमा ल्याउन नपाएको उनले बताए।

यस केन्द्रको सहयोगमा सूचना र प्रविधिबारे अनभिज्ञ मानिसलाई विज्ञ तुल्याइ मोबाइल अनि ल्यापटपदेखि लिएर भाइवरका साथै म्यासेन्जर आदि सम्पूर्ण कुरा चलाउन सिकाइने प्रवक्ता ढुङ्गेलले जानकारी दिए।

नाष्टले सो घुम्ती पहुँच केन्द्रलाई वर्षमा एक पटक सातै प्रदेशमा लगेर जनताको मागबमोजिमको कुरा सिकाउने उनले बताए। रासस

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष