योगको महत्व संसारभर छ – प्रधानमन्त्री देउवा

योगको महत्व संसारभर छ – प्रधानमन्त्री देउवा
+
-

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले योगको महत्व संसारभर रहेको बताएका छन्।

रामदेव पतञ्जली योगपीठ नेपालले शुक्रबार आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योगको महत्व संसारभर रहेको बताएका हुन्।

उनले संसारमा दुष्प्रभाव नभएको एउटामात्र औषधि आयुर्वेद भएको बताए। प्रधानमन्त्री देउवाले योगगुरु रामदेव र आचार्य बालकृष्णले नेपाल र नेपालीहरुको नाम उचाइमा लान र नेपाललाई विश्वसामु चिनाउनका लागि आएको बताए। सरकारले नेपालमा आयुर्वेदिक औषधि बनाउनका लागि आवश्यक पर्ने जग्गादेखि अन्य कुराहरुको उपलब्ध गराउने उनले आश्वासन दिए।

‘आयुर्वेद सबैभन्दा उचित साइड इफेक्ट नभएको एउटामात्रै औषधि हो। नेपालमै आयुर्वेदिक औषधिहरु बनाउन चाहनुभएको छ, नेपाल सरकारको तर्फबाट उहाँलाई पूरा सहयोग हुनेछ । सरकारले जग्गा उपलब्ध गराउनेछ’, प्रधानमन्त्री देउवाले भने।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योगगुरु रामदेव र आचार्य बालकृष्णले योगको माध्यमबाट पूरा समाजलाई नै आरोग्य र निरोगीतर्फ लगेको बताए। उनले रामदेव पहिला परम्परावदी र रुढीवादी जस्तो लागेपनि क्रान्तिकारी र वैज्ञानिक भएको बताए।

अध्यक्ष दाहालले बाबा रामदेव र आचार्य बालकृष्णसँग नेपालमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा क्रान्ति ल्याउने विषयमा छलफल भएको जानकारी दिए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले योग साधनाको छुट्टै महत्व भएको बताए। उनले योगको अभ्यास सबैले गरेमात्रै शरीर स्वस्थ हुने सुनाए।

‘योग र साधनाको बेग्लै महत्व छ। योगको अभ्यास हामी सबैले गर्नुपर्छ। स्वास्थ्यलाई राम्रो बनाउनका लागि पनि आवश्यक छ’, अध्यक्ष नेपालले भने, ‘ध्यान केन्द्रित गर्नका लागि पनि आवश्यक छ। प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय, होमियोपेथिकको पनि व्यापक प्रयोग गरौँ। यसले मनमा शान्ति ल्याउँछ।’

पतञ्जली योगपीठ नेपालले हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान सञ्चार गर्दै नेपालको सामाजिक, सांस्कृतिक, आध्यात्मिक र धार्मिक सहिष्णुतालाई दिगो बनाउन टिभी सञ्चालन गर्न लागेको जनाएको छ। योगपीठले आजै स्वदेशी समृद्धि कार्डको पनि प्रारम्भ गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?