एउटा फोटो पत्रकारको विडम्बना!

एउटा फोटो पत्रकारको विडम्बना!
+
-

नेपालमा अक्सर विरोधले भिडन्त र द्वन्द्वको रुप लिने गर्छन् । सरकारी वा निजी सम्पतिसँगै सम्बन्धित आधिकारिक व्यक्तिको संरक्षण र सुरक्षा सरकारको दायित्व हुनाले स्वाभाविक रुपमा तनावग्रस्त क्षेत्रमा प्रहरी तैनाथ गरिन्छ । अहिले सर्वोच्च न्यायलय परिसरमा द्वन्द्वरत विभिन्न पक्षबीच भिडन्तको स्थिति देखा परेपछि ठूलो संख्यामा प्रहरीलाई तैनाथ गरिएको छ। २०६३ को आन्दोलनमा समेत सुरक्षित रहेको सर्वोच्च अदालत अहिले युद्ध समयको किल्ला बनेको छ जुन आफैँमा दुखदसाथै र अभूतपूर्ण दृश्य र सन्देश हो।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै तीन साताअघि अन्य न्यायाधीशहरुले सुरु गरेको बहिष्कार अभियानले अर्को रुप लिएको छ । बहिष्कार समर्थक अधिवक्ताहरु अहिले प्रहरीविरुद्धको गालीगलौज र आन्दोलनमा लागेका छन् । न्याय निष्पादनको केन्द्र मानिने सर्वोच्च अदालत खोल्नुपर्छ भन्ने मागसहित जोसिएर गएकी अभियन्ता तारा बराललगायत माथि केही दिनअघि आन्दोलन पक्षीय वकिलहरु खनिए। बराल र उनका समर्थकहरुलाई भौतिक आक्रमण तथा अमर्यादित गालीगलौजको निशानामा परे । दैनिक हिसाबले पेशीमा चढ्नुपर्ने सयौंको संख्यामा मुद्दाहरुसँग सम्बद्ध सम्बन्धित व्यक्तिहरु न्यायबाट बञ्चित भए। उनीहरुको नजरमा न्यायमा न्यायाधीशहरु स्वयम् नै तगारो बनेका छन्, हडताल गरेर । अनि न्यायिक प्रक्रियामा सक्रिय सहयोगी तथा पक्षधर बन्नुपर्ने अधिवक्ताहरु यो हडतालमा सामेल छन् ।

प्रधान न्यायाधीश राणाले राजीनामा नदिने अडान लिएपछि न्यायाधीशहरु सशर्त इजलासमा फर्केका छन् । राजनीतिक दलहरु न्यायको हत्यामा उदासीन र मौन छन् । नेपालमा ससाना घटनामा वक्तव्य दिन नचुक्ने अन्तर्राष्ट्रिय मानव अधिकार समूह आम नागरिकको न्यायको हक मर्दा मौन छन् । बरु उनीहरुसँग नजिक मानिने केही पूर्व प्रधानन्यायाधीशहरु हडताल पक्षीय न्यायाधीशहरु र वकिलहरुको सर्मथनमा देखिएका छन् ।

अदालत परिसरमा प्रहरी प्रवेश आपत्तिजनक घटना हो । तर हड्तालकर्मी बारले न्यायालयसँगै सार्वजनिक सम्पत्तिको सुरक्षाको ग्यारेन्टी नदिएको अवस्थामा त्यसको सुरक्षाको जिम्मेवारी कसको?

हडताल या इजलास बहिष्कार स्वैच्छिक कि बाध्यकारी? इजलासमा जान चाहने न्यायाधीशको सुरक्षा सरकार र अदालत प्रशासनको दायित्व हो कि हैन? नभए कसको? अनि प्रहरी प्रवेश बाहेक अन्य विकल्प के छन्? न्यायालयमै यस्तो परिस्थिति उत्पन्न भएकोले सम्भवत: अबको समाधानमा न्यायालय र बार सबै लाग्नुपर्ने अवस्था आएको छ।

हडताल पक्षीय अधिवक्ताहरुले त्यहाँ खटिएका प्रहरीलाई राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय मिसनमा जानबाट रोक्ने धम्की दिएका छन्। प्रहरी यो धम्की र आफ्नो कर्तव्यको चेपमा छ।
सर्वोच्च भयरहित अवस्थामा रहेन भने त्यो मुलुक कति कानुनको शासनबाट निर्देशित होला?

मेरो ६ बर्षको फोटो पत्रकारितामा त्यस्तोे विडम्वना,दुख र आश्चर्यकासाथ क्यामरा घुमाएको शायद पहिलो अवसर हो यो। म चाहन्छु यो अन्तिम पनि होस्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?