अनलाइन भाषाविज्ञान सम्मेलन हुने

अनलाइन भाषाविज्ञान सम्मेलन हुने
+
-

काठमाडौँ – भाषाविज्ञान समाज नेपालले अनलाइन भाषाविज्ञान सम्मेलन गर्ने भएको छ। समाजको बयालिसौँ वार्षिक सम्मेलनअन्तर्गत मङ्सिर १० र ११ गते अनलाइन भाषाविज्ञान सम्मेलन हुने भएको हो।

दुईदिने सम्मेलन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा (माक्रोसफ्ट टिम्स) सफ्टवेयरको प्रयोग गरी अनलाइन माध्यमबाट हुने समाजका अध्यक्ष कृष्णप्रसाद चालिसेले जानकारी दिए। उनका अनुसार समाजले विगत ४० वर्षदेखि अविछिन्न रुपमा हरेक वर्ष नोभेम्बर २६ र २७ तारिखमा वार्षिक सम्मेलन गर्दै आएको छ।

यस सम्मेलनमा हरेक वर्ष १० देखि १५ मुलुकका १५० जना भाषाविद्हरू सहभागी हुँदै आएका अध्यक्ष चालिसेले बताए। त्यस्तै करिब १०० वटा सम्मेलन पत्र प्रस्तुत भइसकेको छ। कोभिड १९ महामारीको कारणले यस वर्ष अनलाइन माध्यमबाट सम्मेलन गर्न लागिएको र यसमा ९ देशको सहभागिता रहने उनले बताए। उनका अनुसार ७२ वटा सम्मेलन पत्रहरू प्रस्तुत हुनेछन् ।

‘यस वर्ष भाषाविज्ञानका २१ वटा विभिन्न विधामा ३२ वटा भाषामा अनुसन्धान गरिएका अनुसन्धानपत्रहरू सम्मेलनपत्रका रूपमा प्रस्तुत गरिने र ती अनुसन्धानपत्रहरूमाथि छलफल गरिनेछ’, अध्यक्ष चालिसेले भने।

अनुसन्धानपत्रहरूमा भाषाका वर्ण, ध्वनि, रूप, वाक्य र अर्थ व्यवस्थाका साथै भाषाका वक्ताको भाषिक स्थिति, अभिवृत्ति, पारस्परिक प्रभाव जस्ता समाजभाषिक र सांस्कृतिक विषय रहेका छन्। त्यस्तै भाषा नीति र योजना, भाषासँग सम्बन्धित पहिचान, विचार, लैङ्गिकता, शक्ति, संस्कृति जस्ता भाषा संस्कृति र भाषा राजनीतिका विषयका साथै लोपोन्मुख भाषाहरूको संरक्षण, भाषिक शिक्षण र सिकाइ, क्लिनिकल भाषाविज्ञान, कम्प्युटर भाषाविज्ञान जस्ता विषयहरू समेटिएको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?