आजदेखि एमालेको १०औँ महाधिवेशन, उद्घाटनमा देशभरबाट ५ लाख बढी सहभागी हुने

आजदेखि एमालेको १०औँ महाधिवेशन, उद्घाटनमा देशभरबाट ५ लाख बढी सहभागी हुने
+
-

चितवन – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन चितवनको नारायणी नदी तटमा हुँदैछ। उद्घाटनअघि चितवनका विभिन्न ठाउँबाट र्‍याली हुने एमालेले जनाएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशन उद्घाटनको लागि नारायणी नदी तटमा भव्य मञ्च बनाइसकिएको छ।

महाधिवेशनअन्तर्गत बन्दसत्र भने चितवनकै सौराहामा हुनेछ। बन्दसत्रको लागि सौराहास्थित सेभेन स्टारमा छुट्टै हल बनााइएको छ। मंसिर १२ गतेसम्म हुने महाधिवेशनले एमालेको नयाँ नेतृत्वसमेत चुन्नेछ। जसको कार्यकाल ५ वर्ष हुनेछ।

एमालेले महाधिवेशन उद्घाटनमा ५ लाख सहभागी हुने बताएको छ। महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन उद्घाटन समारोहका लागि देशभरबाट पाँच लाखभन्दा बढी सहभागी हुने बताएका हुन्।

उनका अनुसार एमाले महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुने निश्चित भइसकेको छ।

त्यस्तै अन्य दलका शीर्ष नेताले शुभकामना दिने एमालेले जनाएको छ। त्यस्तै महाधिवेशनका लागि भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथि चितवन पुग्नेछन्। अन्य २५ देशबाट शुभकामना सन्देश प्राप्त भएको पाण्डेले जानकारी दिए।

महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुने उनले बताए।

एमाले महाधिवेशन लक्षित गरेर स्थानीय प्रशासन र सुरक्षा निकायहरुले उच्च सुरक्षा प्रवन्ध मिलाएकाे बताइएको छ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनका लागि नवलपरासी र चितवनमा सडक बन्द

एमाले महाधिवेशनका लागि नवलपरासी र चितवनमा सडक बन्द

एमाले महाधिवेशनमा प्रचण्ड नआउने

एमाले महाधिवेशनमा प्रचण्ड नआउने

एमाले महाधिवेशनले छान्दै छ २२५ सदस्यीय केन्द्रीय कमिटी, कुन पदमा कति सिट?

एमाले महाधिवेशनले छान्दै छ २२५ सदस्यीय केन्द्रीय कमिटी, कुन पदमा कति सिट?

स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश, उद्घाटनस्थलमा दुईवटा एम्बुलेन्सहित दुई औषधोपचारस्थल

स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश, उद्घाटनस्थलमा दुईवटा एम्बुलेन्सहित दुई औषधोपचारस्थल

एमाले शीर्ष नेताहरूको आवागमनले भरतपुर विमानस्थलमा भिडभाड

एमाले शीर्ष नेताहरूको आवागमनले भरतपुर विमानस्थलमा भिडभाड

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?