म लिन होइन केही गरौं भनेर मन्त्री भएको हुँ – श्रममन्त्री कृष्णकुमार श्रेष्ठ

म लिन होइन केही गरौं भनेर मन्त्री भएको हुँ – श्रममन्त्री कृष्णकुमार श्रेष्ठ
+
-

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन्।

काठमाडौँमा शनिबार भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका हुन्।

उनले आफू मन्त्रायलमा केही लिनको लागि नभई श्रमिक र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएको बताए। ‘श्रमिक क्षेत्र र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्य लिएर आएको छु, म केही लिउँ भन्ने उद्देश्यले आएको छैन’, मन्त्री श्रेष्ठले भने, ‘मजदुरहरुको विषयमा पनि समस्या लिएर आउनुस्। राम्रा कुरा पनि नराम्रा कुरा पनि लिएर आउनुस्। दुःखसुखका कुरा पनि लिएर आउनुस्, के गर्न सकिन्छ हातेमालो गरेर अघि बढ्नको लागि म सधैँ तयार छु।’

उनले फोहोर व्यवस्थापनमा सक्रिय रहेका संघसंस्थाहरुलाई राज्यले पनि विशेष महत्व दिनुपर्ने बताए।

मोर्डन इण्डियन स्कुलको पूर्वविद्यार्थी समाजले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा लागेका विभिन्न २१ संघसंस्थाका करिव ७ सयभन्दा बढी श्रमिकहरुलाई ट्रयाकसुट वितरण गरेको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष