
काठमाडौँ – नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका लामाले पौडेल पक्षका अच्युत पौडेललाई पराजित गरेका हुन्।
लामाले एक हजार ६४६ र पौडेलले ७७० मत पाएका थिए। २ हजार ४६८ मत खसेको थियो। ५२ मत बदर भएको थियो। काभ्रेमा एउटा पदबाहेक सबै लामा प्यानलकै उम्मेदवार विजयी भएका छन्। -न्युज कारखाना