अध्यक्षमा ओलीले पनि दर्ता गराए उम्मेदवारी, सचिवमा भीम आचार्यको मनोनयन दर्ता

अध्यक्षमा ओलीले पनि दर्ता गराए उम्मेदवारी, सचिवमा भीम आचार्यको मनोनयन दर्ता
+
-

सौराह – केपी शर्मा ओलीले पनि एमाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्। उनीअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए। यससँगै अध्यक्षमा ओली र रावलबीच निर्वाचन हुने निश्चित भएको छ।

उम्मेदवारी दर्ता गर्न ओली सेभेन स्टार होटल पुगेका थिए। उम्मेदवारी दर्तालगत्तै उनी होटलबाट बाहिरिएका छन्।

ओलीले आफ्नो अध्यक्षतामा १९ पदाधिकारीको नामावली सार्वजनिक गर्दा रावलको नाम समावेश गरेका थिएनन्। त्यस्तै उनले पदाधिकारीहरुमा नाम छुटाएका घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्यमा नाम प्रस्ताव गरेका रावल र भुसालपछि भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन्।

१० बुँदे सहमतिपछि एमालेमा फर्किएका १० नेतामध्ये रावल, भुसाल र आचार्यलाई ओलीले पदाधिकारीमा समेटेका थिएनन्।

उम्मेदवारी दर्ता गर्ने क्रम लम्बिएपछि निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्ने समय आधा घन्टा बढाएको छ। यसअघि सोमबार बिहान ९ः३० सम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो। अहिले बिहान १० बजेसम्म बढाइएको छ।

सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार मध्याह्न १२ः०५ बजे उम्मेदवारहरुके अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदान भने आज राति ९ बजेदेखि मंसिर १४ गते बिहान ३ बजेसम्मलाई निर्धारण गरिएको छ। मतदान सकिएलगत्तै मतगणना हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।

मंसिर १२ गतेसम्मलाई तोकिएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयनको नाउँमा समय घर्काइँदा थप दुई दिन लम्बिने देखिएको छ।

तस्बिरहरु : बर्षा शाह

यो पनि पढ्नुहोस्

भीम रावलले दिए अध्यक्षमा उम्मेदवारी, के गर्छन् सुवास नेम्बाङ र विष्णु पौडेल?

भीम रावलले दिए अध्यक्षमा उम्मेदवारी, के गर्छन् सुवास नेम्बाङ र विष्णु पौडेल?

घनश्याम भुसालले उपाध्यक्षमा दिए उम्मेदवारी

घनश्याम भुसालले उपाध्यक्षमा दिए उम्मेदवारी

ओलीले नाम सुनाएका नेताहरुले मनोनयन दर्ता गर्दै

ओलीले नाम सुनाएका नेताहरुले मनोनयन दर्ता गर्दै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?