विवाहपञ्चमीको अन्तिम दिन खिर खुवाएर मनाइयो रामकलेवा

विवाहपञ्चमीको अन्तिम दिन खिर खुवाएर मनाइयो रामकलेवा
+
-

जनकपुरधाम – सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । बिहीबार रामकलेवा विधि भएसँगै यस वर्ष विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो । विवाहपछि मिथिलाञ्चलमा मौहक भन्ने विधि हुन्छ।

मौहकमा बेहुलालाई खिर खुवाउने परम्परा रहेको छ। मौहक अर्थात राम कलेवा विधि समेत जनकपुरधाममा विवाहपञ्चमी महोत्सव अन्तर्गत सम्पन्न भएको हो।

जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसेर मौहकका लागि रघुवर चारै भाइले खिर ग्रहण गरे। राति विवाह भएकै मडवामा बसाएर चारै भाइलाई खिर खुवाइयो।

मौहक विधि चलिरहेकै समयमा मिथिलानी नारीहरुले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुघन तथा अयोध्यावासीलाई जिस्काएका थिए ।
मिथिलाञ्चलमा मौहकका लागि लगाइएको खिर बेहुलाले सहजै नखाने परम्परा रहेको छ। रामले खीर खान नमानेपछि मिथिला नारीहरु गाउँछन्।

संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार घडी मिलए हजार
बिना अर्थक मनोरथ पुरबै कोना

संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार सुट मिलए हजार
संगी पुछियौ ग

राजा जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भगवान रामलाई कोशेली दिएपछि खिर खान सुरु गरेपछि फेरि गीत गाउने महिलाहरुको टोलीले गाए।

खिर खाउ यौ दुलहा, खुब मटाउ यौ दुलहा
अपन चोटकल चोटकलसन गालके फुलाउ यौ दुलहा
मैया पुछत बौवा दुबर छी किए
अहाँ अपन साउसके नाम नहि हँसाउ यौ दुलहा
खिर खाउ यौ दुलहा

रघुवर चारै भाइका साथै अयोध्याबाट आएका शाधुसन्तलाई समेत आदरका साथ भोजन ग्रहण गराइएको थियो । जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरुले मैथिली परम्परा अनुसार लोकगीत डहकन गाएर गाली गरे।

सो हास्यपरिहासको माहौलले जानकी मन्दिरको वातावरणलाई अदभूत बनाएको थियो। रामकलेवामा सहभागी जन्तीहरुलाई कपडा, प्रसाद आदि दिएर विदाई गरिएको छ। यससँगै यस वर्षको लागि साताव्यापी महोत्सव विवाहपञ्चमी सम्पन्न भएको छ।

विवाहपञ्चमीको पहिलो दिन जनकपुर नगरदर्शन भएको थियो । त्यस्तै दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर छठौँ दिन स्वयंवर तथा शुभविवाह र साताँै दिन रामकलेवा भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?