मानिस हिँड्न जोखिमपूर्ण मना गाउँका सडकमा गुड्यो सवारीसाधन

मानिस हिँड्न जोखिमपूर्ण मना गाउँका सडकमा गुड्यो सवारीसाधन
+
-

धनगढी – बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ५ को मना गाउँ सडकमा पहिलोपटक सवारीसाधन गुडेका छ। मना गाउँको सडक सञ्जालसँग जोडिएपछि यहाँ सवारीसाधन गुड्ने भएको हो। मानिस हिँड्नसमेत जोखिमपूर्ण मना गाउँको सडकमा अहिले सरर सवारीसाधन गुड्न थालेको छ। गाउँमै सवारीसाधन आएपछि मनावासी हर्षित भएका छन्।

यसअघि मना गाउँका स्थानीय सडक सञ्जालमा जोडिएको थिएन। सडक सञ्जालसम्म पहुँचबाट वञ्चित हुँदै आएको थियो। नगरपालिकाले साँफे–मार्तडी लोकमार्गअन्तर्गत पर्ने जडाङ्गाबाट झण्डै १५ किलोमिटर सडक गाउँसम्म विस्तार गरेपछि स्थानीयले गाउँमै जीपको सेवा पाएका छन्।

गाउँमै जीप आएपछि भीरको बाटोमा ज्यानको जोखिम मोलेर गाउँबाट सदरमुकाम मार्तडी आवतजावत गर्नुपर्ने मनावासीको बाध्यको अन्त्य भएको छ। गाउँमै जीप सेवा पाएपछि उनीहरुको मुहारमा अहिले खुसी छाएको छ।

जीप चढ्न घरबाट घण्टौं बाटो हिँडेर बल्दे, बाम्का, बेतालमाण्डौ, रिठा बजारलगायतका काउन्टरमा टिकट लिन बाध्य भएका स्थानीयले घरआँगनमा जीप सेवा पाएका छन्। गाउँमै जीप आएपछि मनावासीले खुसीयाली मनाएको बडिमालिका नगरपालिका ५ मनाका कविराज साउदले बताए।

नगरपालिकाले स्थानीयको समस्याको समाधान हुनेगरी गाउँमै यातायातका साधन जीप, ट्याक्टर सञ्चालनमा ल्याएको छ। यसले गाउँमा उत्पादन हुने आलुलगायतका कृषि उत्पादन बजारसम्म लैजान सहज हुने स्थानीय बताउँछन्।

स्थानीयवासीको पहिलो मागअनुसार गाउँपाकिाले प्रत्येक वर्ष सडकमा लगानी गर्दै आएको थियो। जसको फलस्वरुप यस वर्षमा गाउँमा सडक विस्तार गरी जीप सञ्चालनमा ल्याउन सफल भएको बडिमालिका नगरपालिका ५ मनाका वडा अध्यक्ष बलबहादुर थापाले बताए।

मनामा विस्तार भएको सडकमा सवारीसाधन गुडेसँगै बडिमालिकाका सबै वडा सडक सञ्जालमा जोडिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?