नालीमा लडेर वृद्धको मृत्यु

नालीमा लडेर वृद्धको मृत्यु
+
-

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका ४ चाँगुमा गएराति नालीमा लडेर वृद्धको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय हल्छाप बस्ने ७४ वर्षीय कान्छा श्रेष्ठको आफ्नै घर अगाडि पानी बग्ने नालीमा लडेर ज्यान गएको हो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले नालीमा लडेर घाइते अवस्थाका श्रेष्ठलाई आफन्तले उपचारको लागि काठमाडौँको जोरपाटीस्थित शंखरापुर अस्पताल लगेको जानकारी दिए। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको उनले बताए।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

यसैबीच चाँगुनारायण नगरपालिकाकै वडा नं ७ वागेश्वरीमा झुण्डिएर एक युवाको ज्यान गएको छ। वागेश्वरीस्थित सुमन लामिछानेको जस्ताको टहरामा डेरा गरी बस्ने पाँचथरको कुममायक गाउँपालिका १ घर भएका ३८ वर्षीय भाग्यसिंह थेवाविन लिम्बूको मृत्यु भएको हो।

भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार लिम्बू टहराको बाँसको बलोमा नाइनलको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए।

सूचना प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई अनुसन्धान काय भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?