नमाेबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुने

नमाेबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुने
+
-

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिकामा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिकाले धुलिखेल अस्पतालसित सम्झौता गरेको छ। नमोबुद्ध–११ मा केन्द्र स्थापनाका लागि सम्झौता भएको हो।

केन्द्रमा स्वदेश तथा विदेशका स्वास्थ्य तथा शिक्षासम्बन्धी अनुसन्धान गरिने छ। नमोबुद्धका नगर प्रमुख टिपी शर्मा तिमल्सिना र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा रामकण्ठ माकजूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। स्वास्थ्य अनुसन्धानमा आधारित स्नातकोत्तर तथा विद्यावारिधिका कार्यक्रमका लागि केन्द्रलाई विकास गरिने सम्झौतापत्रमा उल्लेख छ।

अस्पतालले अनुसन्धान केन्द्र स्थापना गरी तोकिएअनुसार कार्य सञ्चालनपश्चात सम्बन्धित वडा कार्यालयसँग समन्वय र सहकार्य गरी शैक्षिक, स्वास्थ्य, अनुसन्धानलगायतका क्षेत्रमा स्थानीयवासीलाई समेत सहभागी गराउने विषयमा समझदारी भएको छ।

यस्तै केन्द्रका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने, आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने तथा रोजगारीमा स्थानीयवासीलाई प्राथमिकता दिइने समझदारी भएको तिमल्सिनाले बताए। अस्पतालका कार्यकारी निर्देशक माकजूले अनुसन्धान केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराएकामा नगरपालिकालाई धन्यवाद दिए। करिब अढाई दशकअघि सुरु गरिएको धुलिखेल अस्पताल अहिले स्वास्थ्य सेवातर्फ मुलुककै अब्बल संस्था बनेको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?