सरकारी विद्यालयका छात्रालाई नगरपालिकाले दियाे साइकल

सरकारी विद्यालयका छात्रालाई नगरपालिकाले दियाे साइकल
+
-

चितवन – रत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ। सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो।

सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत ३७ छात्रालाई साइकल वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिए।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न छात्रालाई साइकल प्रदान गरिएको उनले बताए।

कार्यक्रमका नगरपालिकाका प्रमुख नारायण वन र वडाध्यक्ष भट्टराईले संयुक्त रुपमा विद्यार्थीलाई साइकल हस्तान्तरण गरेका थिए। सो अवसरमा प्रमुख वनले सामुदायिक विद्यालयमा पढ्ने नगरभित्रका छोरीहरुलाई साइकल वितरण सुरु गरेको बताए। उनले भने, ‘सबै सामुदायिक विद्यालयलाई बस प्रदान गर्न सक्ने अवस्था नरहेपछि पहिलो चरणमा सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई साइकल दिन सुरु गरिएको हो।’

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष केशव आचार्य, कार्यपालिका सदस्य मीना गिरी, वडा सदस्य किशोरबाबु पुरी, प्रेमकुमारी चौधरी, वडा सचिव चन्द्रमणि आचार्य, विद्यालयका प्रधानाध्यापक शालिग्राम ढकाल, नेकपा एमालेका केवल न्यौपाने, नेपाली कांग्रेसका छविलाल घिमिरे, समाजसेवी उत्तम आचार्य, राजेन्द्र कोइराला, नगर शिक्षा अधिकृत राजेन्द्र बराल, विद्यालयस्तरीय बाल क्लबकी अध्यक्ष समीक्षा खतिवडालगायतको उपस्थिति रहेको थियो। -रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?