आँखा स्वस्थ बनाइराख्न यी ७ उपाय

+
-

यदि हामी हाम्रो स्मार्टफोनमा हेरिरहेका छैनौं भने पक्कै पनि कम्प्युटरको अगाडि बसिरहेका छौं। हाम्रो बदलिएको दैनिकीले हाम्रो काम गर्ने शैली र स्मार्टफोन अनि कम्युटर स्क्रिनसँग हाम्रो लगाव बढाइरहेको छ।

तर केही समययता आधा भन्दा बढी कार्यालय कर्मचारीहरूले आँखाको तनावको लक्षणहरू रिपोर्ट गर्ने गरेका छन्।

विगत दुई दशकहरूमा प्रविधिको द्रुत प्रगतिको कारण हामीमध्ये धेरैले दिनको धेरै समय स्क्रिनमा हेरेर बिताउँछौं, चाहे त्यो हाम्रो स्मार्टफोन होस् वा हाम्रो अफिसको कम्प्युटर।

नतिजा अध्ययनहरूले देखाएका छन्, ५०% देखि ९०% कार्यालय कर्मचारीहरूलाई आँखाको तनाव वा आँखा सम्बन्धि स्वास्थ्य समस्याहरू देखा पर्न थालेका छन्। जस्तै आँखा फर्फराउने, आँखा रातो हुने, टाउको दुख्ने र थकान महसुस हुने ।

त्यसो भए, तपाईं कसरी आफ्नो आँखालाई सजिलो बनाउन सक्नुहुन्छ? यी हुन उपाय:

१) नियमित आँखा परीक्षण गराउनुहोस्

यदि तपाईँ हरेक दिन कम्प्युटरमा काम गर्नुहुन्छ भने आँखा विशेषज्ञहरूका अनुसार समस्याहरू देखिनुअघि नै प्रत्येक वर्ष तपाईँले आँखा परीक्षण गर्नुपर्ने हुन्छ। परीक्षणको क्रममा तपाईंले आफ्नो फोन र कम्प्युटर कति समय प्रयोग गर्नुहुन्छ भनेर डाक्टरलाई बताउनुपर्ने हुन्छ।

तपाईंले आफ्नो आँखादेखि मोबाइल—कम्प्युटर स्क्रिनसम्मको दूरी पनि मापन गर्नुपर्ने हुन्छ। डाक्टरलाई यी सबै कुराहरु भन्नुहोस् ताकि तपाईंको आँखा राम्रोसँग परीक्षण गर्न सकिनेछ।

२) आफ्नो आँखालाई केही ‘स्पेस’ दिनुहोस्

तपाईको फोन/कम्प्युटर स्क्रिन तपाईको आँखाको नजिक छ भने उनीहरुलाई फोकस गर्नको लागि त्यति नै गाह्रो हुन्छ।

कम्प्युटर–सम्बन्धित आँखा तनावमा अध्ययनहरूको सुझावका अनुसार स्क्रिनहरू तपाईंको अनुहारबाट १६ इन्च भन्दा नजिक हुनु हुँदैन।

यदि यसले तपाईंलाई पढ्नलाई गाह्रो बनाउँछ भने स्क्रिनलाई नजिक सार्नुको सट्टा अक्षरहरुको आकार बढाउनुपर्छ ।

३) विश्राम लिनुहोस्

यदि तपाईं एकदमै व्यस्त हुनुहुन्छ भने यो सधैं व्यावहारिक नहुन सक्छ। तर तपाईंको आँखालाई आराम गर्ने र रिहाइड्रेट गर्ने मौका दिनको लागि केही समय स्क्रिनमा नहेरी नियमित विश्राम लिने प्रयास गर्नु महत्वपूर्ण हुन्छ।

सर्वेक्षणहरूले के देखाएको छ भने धेरै कार्यालयका कर्मचारीहरूले आफ्नो कम्प्युटरबाट दिनको आधा घण्टा भन्दा बढी समय लिँदैनन्।

तर आँखालाई स्वस्थ बनाउनका लागि तपाईले स्क्रिनमा बिताएका प्रत्येक दुई घण्टा पछि १५ मिनेटको ब्रेक लिनुहोस्।

यदि यो सम्भव छैन भने कम्तिमा चार पाँच मिनेटको ब्रेक लिँदा पनि आँखाको तनावको धेरै कम हुन्छ।

४) उज्यालो कम गर्नुहोस्

स्क्रिनसँग सम्बन्धित आँखा तनावको सबैभन्दा ठूलो कारण चम्किलो प्रकाश हो।

यदि तपाइँको मोबाइल वा कम्प्युटरको चमक तपाइँको वरपरको परिवेश भन्दा उज्यालो छ भने यसले आँखाको तनाव र थकान निम्त्याउनेछ।

तर तपाईंको मोनिटर वा फोनमा यदि एन्टि–ग्लेयर स्क्रिन फिल्टरको प्रयोग भएको छ भने त्यसले जोखिम कम गर्न मद्दत गर्छ।

तपाइँ चश्मा लगाउनुहुन्छ भने केहि विशेषज्ञहरूले भने एन्टि रिफलेक्टिभ कोटिंग्सको साथ लेन्सहरू किन्न सिफारिस गर्छन्। यसले अगाडि र पछाडिको सतहहरू प्रतिबिम्बित हुने चमकको मात्रालाई कम गरेर तपाईंको आँखाको प्रकाशलाई कम गर्ने गर्छ।

५) आफ्नो आँखाको व्यायाम गर्नुहोस्

घण्टौंसम्म लगातार स्क्रिनमा हेर्दा आँखालाई पनि थकान महशुस हुने गर्छ। यसबाट बच्नको लागि, धेरै आँखा विशेषज्ञहरूले “२०–२०–२० रुल’’ सिफारिस गर्छन्।

अर्थात हरेक २० मिनेटमा आफ्नो फोन/कम्प्युटरको स्क्रिनबाट टाढा हेर्ने र कम्तिमा २० सेकेन्डको लागि कम्तिमा २० फिट टाढाको वस्तुमा फोकस गर्ने।

यसले गर्दा टाढाबाट वस्तुहरू हेर्दा आँखामा फोकस गर्ने मांसपेशीलाई आराम दिन्छ र थकान कम गर्न मद्दत गर्दछ।

६) आँखा झिम्काउनु

हामीले यो महशुस गर्देनौँ की फोन वा कम्प्युटर स्क्रिनमा हेर्दा हाम्रा आँखाहरू झिम्किन्छन्। सामान्यतया, हामी एक मिनेटमा लगभग १५ पटक आँखा झिम्काउँछौं। तर हामीले स्क्रिनहरू हेर्दा यो एक तिहाइले घट्छ र हुने झिम्काइहरू सामान्यतया आंशिक झिम्काइहरू हुन्छन्।

कम झिम्क्याउन सक्ने क्षमताले आँखाको बललाई ओसिलो रहन गाह्रो बनाउँछ, किनकि आँखामा आँसुको आवरण बढी छिटो वाष्पीकरण हुन्छ।

यदि तपाईंले अत्याधिक स्क्रिन प्रयोगको कारणले आँखा सुख्खा भएको पाउनुभयो भने, विशेषज्ञहरूले या त तपाईंको आँखालाई ताजा गर्न कृत्रिम आँसु प्रयोग गर्न वा तपाईंको प्राकृतिक झिम्काउने फ्रिक्वेन्सी रिसेट गर्न सुझाव दिन्छन।

७) स्क्रिन आँखा–अनुकूल बनाउनुहोस्

तपाईंले आफ्नो आँखामा स्क्रिनलाई सजिलो बनाउन थुप्रै कदमहरू चाल्न सक्नुहुन्छ। जस्तै अक्षरलाई ठूलो बनाउने, स्क्रिनको कम झिलमिलाहट सुनिश्चित गर्न आफ्नो यन्त्रको रिफ्रेस रेट बढाउने र स्क्रिनको रङको स्तरलाई स्पेक्ट्रमको नीलो छेउबाट टाढा सार्ने।

यो महत्वपूर्ण छ किनकी रेटिनामा नीलो प्रकाश–संवेदनशील अणुहरू हुन्छन। केही अध्ययनहरूले सुझाव दिएका छन्, नीलो प्रकाशको निरन्तर तीव्र एक्सपोजरले रेटिनालाई क्षति पुर्‍याउन सक्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?