अदालतबाट २६ लाख जरिवाना ठहर भई फरार श्रेष्ठ पक्राउ

अदालतबाट २६ लाख जरिवाना ठहर भई फरार श्रेष्ठ पक्राउ
+
-

काठमाडौँ – अदालतबाट रु २६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन्।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २६ लाख जरिवाना गरेपछि फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज बानेश्वरबाट पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम रु २६ लाख जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका श्रेष्ठले सिभिल बैंक लिमिटेड भक्तपुरको आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए। उच्च अदालतले श्रेष्ठलाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?