महिलालाई किन दिइँदै छ चरा पर्यटनसम्बन्धी विशेष तालिम?

महिलालाई किन दिइँदै छ चरा पर्यटनसम्बन्धी विशेष तालिम?
+
-

काठमाडौँ – महिला तथा किशाेरीलाई लक्षित गरेर नेपाल पन्छी संरक्षण संघ (बिसिएन) ले चराहरुको पहिचान र चरा पर्यटनसम्बन्धी तालिम सञ्चालन गरेको छ।

कोरोना भाइरसको महामारीका कारण परेको मनोसामाजिक असरलाई कम गर्न सहयोग पुग्ने र जीविकोपार्जनको विकल्प पनि बन्न सक्ने गरी महिला तथा किशोरीहरुलाई चरा पर्यटनमा आकर्षित गराउन तालिम आयोजना गरिएको बिसिएनले जनाएको छ।

बिसिएनका अनुसन्धान अधिकृत मोहनविक्रम श्रेष्ठका अनुसार आइतबारदेखि देशभरका १६ जना महिला तथा किशोरीको सहभागितामा काठमाडौँको रानीबारी सामुदायिक वनस्थित जैविक विविधता संरक्षण अध्ययन केन्द्रमा पाँच दिने तालिम सुरु भएको हो।

‘देशभरबाट लगभग १०० जना महिलाको आवेदन आएकोमा सबै प्रदेशको सहभागिता हुने गरी छनाेट गरिएको छ’, अनुसन्धान अधिकृत श्रेष्ठले भने, ‘बागमती र लुम्बिनी प्रदेशबाट तीन–तीन तथा अरु प्रदेशबाट दुईजनाको दरमा सहभागी छनाेट गरिएको हो। तालिममा सहभागी महिला तथा किशोरीहरु चरा तथा चरा पर्यटनमा नयाँ हुनुहुन्छ।’

मनोसामाजिक पक्ष बलियो बनाउँदै भविष्यमा जीविकोपार्जनमा पनि सहयोगी बनोस् भन्ने उद्देश्यले तालिम गरिएको उनले जानकारी दिए।

‘बर्ड टुरिजम स्कील ट्रेनिङ फर वुमन एण्ड गर्ल्स’ अन्तर्गत विज्ञहरुले सहभागीलाई जंगली चरा, सिमसारमा आश्रित चरा, खेतीयोग्य जमिनमा आश्रित चरा र सहरी चराहरुको पहिचानदेखि योसँग जोडिएको पर्यटकीय पक्षबारे अध्ययन गराइने बिसिएनले जनाएको छ।

तस्बिर सौजन्य : नेपाल पन्छी संरक्षण संघ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?