सुनाकोठीकाे बालकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानो मूर्ति चोरी

सुनाकोठीकाे बालकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानो मूर्ति चोरी
+
-

ललितपुर – ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ। महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राति बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो।

बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन्। उनले भने, ‘मूर्ति चाहिँ पित्तलको हो। तर हाम्रा जिजुबराजुको पालाको।’

केही गहना भने लकरमा राख्ने गरिएको उनले बताए। मूर्ति रातको १ देखि २ बजेभित्र चोरी भएको महर्जनको भनाइ छ।

उनका अनुसार करिब २० वर्षअघि यो मूर्ति कुनै स्थानीय राति मन्दिरमा सुत्ने गर्दथे। समस्या आएपछि त्यहाँ मूर्ति कुर्न पनि छोडिएको थियो।

बालकुमारी चौरमा समेत बालकुमारी मन्दिर रहेको छ। यस मन्दिरलाई पीठ मानिन्छ। पीठ मन्दिरलाई आमा मानिन्छ भने सुनाकोठी बजार क्षेत्रमा रहेको मन्दिरलाई छोरी मानिन्छ। हरेक वर्ष मंसिर र वैशाखमा यस मन्दिरमा जात्रा लाग्ने गर्छ।

डिएसपी कार्कीले प्रहरीले घटनास्थल पुगेर घटना विवरण लिएलगत्तै अनुसन्धान सुरु गरिएको बताए। -न्युज कारखाना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?