महानगरका ३२ वटै वडा भवन नेपाली शैली र एकै स्वरुपका हुनेछन् – मेयर शाक्य

महानगरका ३२ वटै वडा भवन नेपाली शैली र एकै स्वरुपका हुनेछन् – मेयर शाक्य
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण–पुनर्निर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन्।

सोमबार वडा–२७ को कार्यालय भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्।

‘२०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो’, शाक्यले भने, ‘महानगरपालिकाले जीर्ण अवस्थामा रहेका भौतिक संरचनालाई अहिलेको आवश्यकताअनुसार सेवामैत्री बनाउने र जहाँ भवन छैन त्यहाँ नयाँ भवन निर्माण गर्ने नीति नै लिएको थियो। पहिलो बैठकबाट गरेको त्यो निर्णय अहिले हाम्रै कार्यकालमा कार्यान्वयनको चरणमा छ।’

उनले त्यही नीतिअनुसार अघि बढ्दा जनप्रतिनिधिमात्रै होइन सेवाग्राही पनि खुसी भएको बताए। ‘हामीले कतै नयाँ भवन निर्माण गरेका छौँ। कतै तला थपेका छौँ। अनि कतै सार्वजनिक र केही आफ्नै स्वामित्वमा रहेका जग्गामा भवन निर्माण गरिरहेका छौँ’, मेयर शाक्यले भने, ‘केही ठाउँमा स्थानीयसँग सहकार्य गरेर पनि अघि बढेका छौँ।’

उनले अहिलेको कार्यकाल संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुनर्निर्माणका लागि स्वर्णयुग भएको दावी गरे। ‘मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुनर्निर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो’, शाक्यले भने, ‘अहिले जति सम्पदा निर्माण–पुनर्निर्माणको काम यसअघि भएको थिएन। हामी गौरवका साथ भन्न सक्छौँ । हाम्रो पालामा जति सम्पदा निर्माण, पुनर्निर्माणको काम यसअघिका जनप्रतिनिधिबाट भएको थिएन।’

प्रमुख शाक्यले वडा नम्बर ३, ४, ९, १४, १८ र २६ ले नयाँ भवनबाट सेवाग्रहीलाई सेवा सुरु गरेको जानकारी दिए। ‘वडा नं २, ६, १२, १६, २०, २१, २२, ३१ को निर्माण कार्य भैरहेको छ’, उनले भने, ‘५, ७, १०, १५, १७, ३२ को तला थपेर सञ्चालनमा छन्।’ वडा ८ र ११ को खरिद प्रक्रिया अघि बढेको उनको भनाइ छ। ‘वडा–२७ को आज शिलान्यास भयो’, शाक्यले भने, ‘२९ र ३० को जग्गा खरिद प्रक्रिया अघि बढेको छ।’

उनले वडा नं १९ को जग्गा खरिद प्रक्रियामा केही समस्या भएकाले ढिलाइ भैरहेको भन्दै वडा नं १३, २४ र २५ बन्न बाँकी रहेको बताए।

शाक्यले काठमाडौँ महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको जानकारी दिए। उनले केन्द्रीय भवन निर्माणमा मुद्धा–मामिलाले समस्या भएको भन्दै चिन्ता व्यक्त गरे।

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडा–२७ का अध्यक्ष चिनियामान बज्राचार्यलगायतले पनि बोलेका थिए।

महानगरपालिकाले दिएको जानकारीअनुसार वडा नं २८ को भवन निर्माणका लागि जग्गाको खोजी भइरहेको छ। वडा नं २३ भाडामा सञ्चालित छ।

करिब ४ आना क्षेत्रफमा निर्माण हुने वडा नं २७ को भवनको इष्टिमेट रकम ३ करोड ७९ लाख २७ हजार ७ सय १८ रुपैँया रहेको छ। कार्यादेश रकम भ्याटसमेत २ करोड ८० लाख ८१ हजार ६ सय ३१ रुपैयाँ रहेको छ। लिफ्टसहितको अपाङ्गमैत्री भवन ६ तलाको हुनेछ। सोही भवनमा क्लव पनि रहने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?