
चीन – चीनको युनान प्रान्तको राजधानी हो कुनमिङ । दक्षिण–पश्चिमी चीनको युनान प्रान्तको राजधानी र सबै भन्दा ठूलो शहर हो कुनमिङ ।
सन् २०१० को जनगणना अनुसार कुनमिङको जनसंख्या ६४ लाख ३२ हजार २१२ छ । यसमा झण्डै आधा जतिको बसोबार शहरी क्षेत्रमा छ । कुनमिङ त्यहाँको सदाबहार मौसमका कारण पनि चर्चित छ ।
जहिले हरियो, जहिले फूलिरहेने फूलहरुले कुनमिङलाई सुन्दर बनाएका छन् । त्यस्तै कुनमिङमा एउटा यस्तो ठाउँ छ जसलाई नेश्नालिटिज भिलेज भनिन्छ ।
यसलाई एथेनिक भिलेज भन्दा पनि फरक भने पर्ने छैन । ८९ हेक्टरमा फैलिएको भिलेजमा २६ जातीय पहिचान झल्कने जनजीविका, भेषभुषा, संस्कृति लगायत राखिएका छन् । त्यस प्रान्तका २६ जातीयका हरेक कुरा छोटो समयमा अवलोकन गर्ने सकिन्छ ।