
विष्णु तिवारी
माघ २९, २०७८

अ
+
अ
अ
-
आफ्नो दाउ फिर्ला भनी फटाएर हेरे
मह काढी ओठको छेउमा चटाएर हेरे।।
पुच्छर त उसै आफ्नो क्यै परेन गर्न
छिर्के हाली अल्झाउनेलाई ठटाएर हेरे।।
आउँछ भनी खुबै ताने आउँदै आएन
गाँठो फुकाउन नङ्ग्रेलाई पठाएर हेरे।।
लोकन्तेलाई भुँडी भर्न थपीथपी दिए
मुन्टो फर्काउने पाखुरेलाई घटाएर हेरे।।
पहिलेका भर्नाभर्ती विना कामकाजका
रङ्गरुप फेर्ने छेपारालाई खटाएर हेरे।।

