अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ विमोचित

अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ विमोचित
+
-

काठमाडौँ – कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक भएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच कांग्रेस नेता केसीद्वारा लिखित सो पुस्तकको विमोचन गरेका हुन्।

पुस्तकमा नेपाली कांग्रेसको इतिहास र २००७ सालमा राणाविरोधी आन्दोलनलाई सफल बनाउन सहयोग गरेका व्यक्तित्वहरुबारे चर्चा गरिएको छ। लेखक केसीले पुस्तकभित्र आफूले २६/२७ वर्षयता स्वदेश तथा विदेशमा कांग्रेसबारे उठाइएका खुल्दुलीलाई समेट्ने प्रयत्न गरेको जानकारी दिए।

नेता केसीले पुस्तकमा कांग्रेसमाथि उठ्ने गरेका प्रश्न र लाग्ने गरेका आरोप तथा कांग्रेसको अहिलेसम्मको कार्यदिशा, पार्टीका संस्थापक नेता बीपी कोइरालाले देखाएको समाजवाद र कांग्रेसको सन्तुलित परराष्ट्र नीतिका बारेमा विस्तृत रुपमा उजागर गरिएको बताए।

पुस्तकबाट कांग्रेसका नेता तथा कार्यकर्ताहरुले कांग्रेसको बारेमा धेरै कुरा जान्न र बुझ्न सक्ने उनको भनाइ छ।

‘यो मेरो २५ वर्षकै प्रयत्न हो। यसमा नेपाली कांग्रेसमाथि उठ्ने विभिन्न खालका प्रश्नहरुलाई कार्यकर्ता तहमा प्रशिक्षणको रुपबाट यथार्थ र बास्तविकता पुगोस् भन्ने प्रयास हो’, नेता केसीले भने, ‘यसमा १३ औँ महाधिवेशनसम्म नेपाली कांग्रेसले लिएको कार्यदिशा, बीपी कोइरालाले देखाएको समाजवाद, नेपाली कांग्रेसको सन्तुलित परराष्ट्र नीतिदेखि नेपाली कांग्रेसलाई लगाइएका विभिन्न आरोपहरुको खण्डन र नेपाली कांग्रेसको झण्डाको महिमाका कुराहरु नेपाली कांग्रेसको कार्यकर्तास्तरमा पुग्नुपर्ने आवश्यकता ठानेर यो पुस्तक लेखेको हुँ। यसमा नेपाली कांग्रेसका अन्तरंग कथाहरु, समाजवादी चिन्तन, सामाजिक न्याय पद्धतिका बारेमा लेखेको छु।’

पुस्तकमा कांग्रेसका महाधिवेशन, महासमिति बैठक, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, मजदुर संगठन आदि भ्रातृ संस्था स्थापनाको युग प्रवर्तक पक्षलाई पनि समेटिएको छ।

त्यस्तै आदिवासी–जनजाति, दलित, मधेसी, मुसलमान, सुदूरपश्चिम, मजदुर, किसान आदि वर्ग र समुदायसँग कांग्रेसको सम्बन्धको बारेमा पुस्तकमा कांग्रेसको नीति स्पष्ट पारिएको छ। कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण, कम्युनिस्टहरूका नीतिगत खोटहरूलाई लोकतान्त्रिक मूल्य–मान्यताको कसीमा हेरिएको विवरण, समाजवादबारे, कांग्रेसको मध्यमार्ग, कांग्रेसविरुद्ध चलाइएका अनर्गल प्रचारबाजी तथा भ्रम आदिको बारेमा पनि पुस्तकले संक्षिप्त जानकारी गराउने प्रयास गरेको छ।

पुस्तकको अन्तिम खण्डमा २००३ सालदेखि २०७८ सम्मका कांग्रेसका ऐतिहासिक गतिविधि वा घटनाहरूको तिथिमितिसहित उल्लेख गरिएको छ। पार्टीका महत्वपूर्ण नेताहरूको निधनलाई पनि पुस्तकमा उल्लेख गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?