ललितपुरमा रेडपाण्डाको छाला बेच्न हिँडेका युवक काठमाडौँबाट पक्राउ

ललितपुरमा रेडपाण्डाको छाला बेच्न हिँडेका युवक काठमाडौँबाट पक्राउ
+
-

काठमाडौँ – प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ।

रुकुम पश्चिम घर भई नयाँ बसपार्क मित्रनगरमा रहेको होटलमा बस्दै आएका २६ वर्षका नवराज केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आइतबार बेलुका पक्राउ परेका केसीको साथबाट रेडपाण्डाको छाला पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका १३ एकान्तकुनामा एक युवक रेड पान्डाको छाला लुकाईछिपाई बेचबिखन गर्न बसेको छ भन्ने विशेष सूचनाको आधारमा पिछा गर्दै जाँदा केसीलाई नयाँ बसपार्कस्थित होटलबाट नियन्त्रणमा लिइएको हो।

केसीलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?