क्यान इन्फोटेकको २७ औं संस्करण वैशाख ७ देखि १२ गते हुने

क्यान इन्फोटेकको २७ औं संस्करण वैशाख ७ देखि १२ गते हुने
+
-

काठमाडौँ – सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि वर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ।

यसअघि क्यान इन्फोटेकको २७ औं संस्करण २०७८ बैशाख २८ देखि जेठ २ गतेसम्म पहिलो पटक र २०७८ साल माघ १८ देखि २३ गतेसम्म दोस्रो पटक हुने गरी सम्पूर्ण तयारी गरिएकोमा कोभिड १९ को लहरको कारणा स्थगित गरिएको थियो।

२७ औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह–प्रायोजन स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी स्मार्ट क्यूआर) रहेका छन्। यसैगरी आईएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यू आरको प्लाटिनम प्रायोजन वर्ल्डलिंक कम्युनिकेशन्स, गोल्ड प्रायोजन नेपाल टेलिकम, जेनेरेशन नेक्स्ट कम्युनिकेशन्स र सागर ग्रुप अफ कम्पनिज, सिल्भर प्रायोजन नमस्ते पे, एस–पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकम रहने छन्।

सफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्स क्यान इन्फोटेकको इन्नोभेसन पार्टनर रहेको छ। सनवे इन्टरनेशनल विजनेश स्कुल एकाडेमिक पार्टनर, दराज केमु ई-कमर्श पार्टनर, रेबान फुड एण्ड वेभरेज पार्टनर, मण्डला सिस्टम भर्चुवल एक्जिविसन पार्टनर तथा अल्ट्रा एलईडी डिजिटल डिस्प्ले पार्टनर रहेका छन्।

इन्फोटेक भव्य एवं सफल रुपमा आयोजना हुन देशभित्रबाट नेपाल सरकार सञ्चारर तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु केबलनेट र भायानेट कम्युनिकेशन्स, नेपाल मोबाइल वितरक संघ तथा अन्तर्राष्ट्रिय रुपमा असोसियो र विट्साको पनि सहयोग रहने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?