भक्तपुरमा शौचालयमा झुण्डिएको अवस्था युवती फेला

भक्तपुरमा शौचालयमा झुण्डिएको अवस्था युवती फेला
+
-

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ९ बोडेस्थित एक शौचालयमा झुण्डिएको अवस्थामा युवती मृत फेला परेकी छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय राजेन्द्र थापाको घरमा डेरा गरी बस्ने सुमन खड्गीकी श्रीमती २१ वर्षीया अस्मिता खड्गी मंगलबार राति शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार अस्मिता डेरा गरी बसेको घरको बाहिर इँटाको गारो लगाई जस्ताले छाएको शौचालयमा जस्ताको छानो अड्याउने काठमा सलको पासो घाँटीमा लगाई झुण्डिरहेको अवस्थामा भेटिएकी थिइन्।

‘अस्मिताका ८ वर्षका छोरा साइमन खड्गीले आमा शौचालयमा झुण्डिरहेको देखेपछि अरुलाई जानकारी गराएका रहेछन्’, उनले भने, ‘त्यसपश्चात प्रहरीलाई खबर गरिएको थियो।’

प्रहरीले उक्त पासो काटी उपचारको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमी लगेको थियो। उपचारको क्रममा गएराति नै अस्मिताको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक पाण्डेले घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?