सन्दर्भ : विश्व वातावरण दिवस

जित्नै पर्नेछ प्लाष्टिकलाई, नत्र जित्छ मानव जीवनलाई

+
-

काठमाडौँ – मानव र समग्र प्राणी जगतको जीवनको आधार वातावरण । तर यहि वातावरण मानवीय लोभ र अरु भन्दा छिटो र अघि पुग्ने लालचाले संकटमा पर्दै गएको छ ।

वन समस्यामा, नदी समस्यामा, समुद्र समस्यामा अनि हावा पनि समस्यामा छ । यसले मानवसहित समग्र प्राणी तथा वनस्पति जगत संकटको घेरामा परेको छ । तर मानवीय क्रियाकलपा जो वातावरणको हित विपरित छन् ति सुध्रिन सकेका छैनन् ।

आफूले गरिरहेको काम र छिटो पुग्ने लोभमा अपनाएको सट–कट बाटो वातावरण र अन्ततः मानव समुदायलाई नै हानिकारक छ भन्ने जान्दा जान्दै रोक्न भने सकिरहेका छैनन् ।

यहि सन्दर्भमा हरेक वर्षजस्तै यो वर्ष पनि मंगलबार वातावरण संरक्षणको पक्षमा सचेतना जगाउने उद्देश्यले विश्व वातावरण दिवस मनाईँदै छ । हरेक वर्ष जुन ५ का दिन यो दिवस नेपालसहित विश्वभर मनाइन्छ ।

दिवसको अवसरमा यस वर्षका लागि ‘प्लाष्टिक प्रदुषण निर्मुल पारौँ : सके पुनः प्रयोग, नसके बहिस्कार गरौँ’ भन्ने तय गरिएको छ ।

सन् १९७२ को जुन १६ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनु पर्नेमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता जनाइएको थियो, जुन वातावरणका सम्बन्धमा भएको पहिलो सबैभन्दा ठूलो प्रतिबद्धता थियो ।

त्यहि सम्मेलनको निरन्तरता स्वरुप सम्मेलनको दोश्रो वर्ष अर्थात १९७३ मा जुन ५ लाई विश्व वातावरण दिवस बनाउने निर्णय भयो । त्यहि वर्षदेखि नै हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ ।

मानव रक्षक र भक्षक दुवै


मानव आफू बाँचिरहेको वातावरणको संरक्षक र विनाशक दुवै हो । वातावरणले नै मानवलाई शारीरिक तथा मानसिक आवश्यकता पूर्ति गरेको छ । मानिसले यहिँबाट भौतिक मात्रै नभएर ज्ञान, मुल्य मान्यता, सामाजिक तथा धार्मिक वा आत्मिक सन्तुष्टि पनि पाएको छ ।

मानव सभ्यताको विकास क्रममा वातावरण र त्यससँगको समायोजन अर्थात अनुकुलनले धेरै कुरा दिएको छ । तर जब विज्ञान तथा प्रविधिको विकास तीब्र गतिमा हुन थाल्यो, त्यसपछि वातावरणमा मानवले चाहिने भन्दा बढी दबाब सिर्जना गर्न थाल्यो ।

आफ्नो आवश्यकता चाहिएको भन्दा छिटो र सजिलो खोज्ने क्रममा विज्ञान र प्रविधिको सहायतामा वातावरणलाई नै परिवर्तन गर्न खोज्नु अहिलेको वातावरणीय समस्याको मुल कारण बनेको छ ।

वातावरणको संरक्षण र मानवीय विकासको बिस्तार वा फैलावट अहिलेको चुनौती हो । तर हरेक व्यक्तिले आफ्नो दैनिक जीवनमा अपनाउने ससाना जीवनशैलीमा ख्याल गर्न सके वातावरणको संरक्षण पनि हुने र मानवको विकास पनि नरोकिने विज्ञहरुले बताउने गरेका छन् । यहि कुराको सचेतनाका लागि यो दिवस मनाउने गरिएको छ ।

प्लाष्टिक प्रदुषणलाई जितौँ


वातावरण संरक्षणको मुख्य समस्याको रुपमा बढ्दै गएको प्लाष्टिक भण्डारण हो । मानिसले दैनिक जीवनमा प्रयोग गर्ने प्लाष्टिकजन्य सामग्रीका कारण वातावरण प्लाष्टिकको भण्डार वा भकारीको रुपमा परिणत हुँदै गएको छ ।

प्लाष्टिकका कारण धेरै जीवजन्तु संकटको अवस्थामा पुगेका छन् । यहि भएर वातावरण संरक्षणका लागि प्लाष्टिकजन्य फोहोरलाई जित्नु पर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्लाष्टिक अहिलेसम्मकै सबैभन्दा ठूलो र गम्भीर वातावरणी समस्या रहेकाले यस विरुद्ध एकताबद्ध भएर विश्व समुदाय लाग्नु पर्ने आवश्यकता रहेको राष्ट्रसंघको भनाई छ ।

वन्यजन्तु तथा मानव स्वास्थ्यमै पनि प्लाष्टिकका कारण धेरै समस्या आएका छन् । प्लाष्टिकजन्य फोहोरलाई जित्नका लागि सकेसम्म प्लाष्टिकजन्य सामग्री प्रयोग नगर्ने, गर्नै परेमा एकपटक मात्रै प्रयोग गरिने प्लाष्टिकजन्य सामग्री परित्याग गर्नेमा जोड दिन विज्ञले सुझाएका छन् ।

प्लाष्टिकका सामग्री प्रयोग गर्नु परेमा पुनः प्रयोग गर्न मिल्ने खालको प्रयोग गर्न सुझाइएको छ । प्लाष्टिकलाई जित्न सकेमा वातावरण संरक्षणमा ठूलो सफलता हात पर्ने राष्ट्रसंघले बताएको छ ।

प्लाष्टिक तथ्य


हरेक वर्ष विश्वभर पाँच खर्बवटा प्लाष्टिकका झोला प्रयोग हुन्छ ।

पछिल्लो एक दशकमा गएको शतकमा भन्दा धेरै प्लाष्टिक उत्पादन भएको छ ।

हामीले प्रयोग गर्ने ५० प्रतिशत प्लाष्टिकजन्य सामग्री एकपटक मात्रै प्रयोग गर्न सकिने खालको छ ।

विश्वभरमा हरेक मिनेटमा १० लाख प्लाष्टिक बोटल किन्ने गरिएको छ ।

विश्वमा हरेक वर्ष पानी राख्ने प्लाष्टिक बोटल उत्पादनका लागि एक करोड ७० लाख ब्यारेल तेल प्रयोग हुने गरेको छ ।

सन् २०१६ मा विश्वभर खाने पानीका ४ खर्ब ८० अर्बवटा प्लाष्टिक बोटल बिक्री भएका थिए ।

मानिसका कारण उत्पादन हुने फोहोरको १० प्रतिशत भन्दा धेरै हिस्सा प्लाष्टिकको छ ।

सन्देश


दिवसको अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लाष्टिकलाई अस्वीकार गर्न आग्रह गरेका छन् । उनले एकीकृत प्रयासले स्वच्छ तथा हरियो विश्वको उद्देश्य प्राप्त गर्न सकिने बताएका छन् ।

दिवसको अवसरमा प्रधानमन्त्ती केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै वातावरणीय प्रभाव मूल्यांंकन बिना गरिने विकास प्रयास दीगो नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले विकास निर्माणको कार्य अघि बढाउँदै गर्दा वातावरण–मैत्री हुने गरी समयमा नै योजना तर्जुमा गर्नु पर्ने बताएका छन् ।
सबै सरकारी र निजी क्षेत्रलाई यो विषयमा विशेष ध्यान पुर्‍याउन प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।

दिवसको अवसर पारेर सरकारले मंगलबारदेखि वातावरण अभियान सुरु गर्दैछ । प्रधानमन्त्री ओलीले ललितपुरको जावलाखेलबाट यो अभियानको सुरुवात गर्दै छन् । यस अन्तर्गत एक नेपाली एक बिरुवा अभियान पनि छन् । प्रधानमन्त्री ओलीले दिउँसो यो अभियानको सुरुवात गर्ने छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?