युक्रेन युद्ध

युद्धबाट भाग्दै गरेका आमाबुवा र सन्तानसहितका सर्वसाधारणको रुसले गर्‍यो मोटारबाट हत्या

युद्धबाट भाग्दै गरेका आमाबुवा र सन्तानसहितका सर्वसाधारणको रुसले गर्‍यो मोटारबाट हत्या
+
-

युद्धबाट जोगिनका लागि सुरक्षित स्थानमा जाने प्रयासमा रहेका युक्रेन सर्वसाधारणको रुसले हत्या गरेको छ।

राजधानी किएभ नजिकैको इर्पिन शहरबाट सुरक्षित स्थानमा जाने प्रयासमा रहेका सर्वसाधारण आइतबार रुसी मोटार आक्रमणको निशानामा आएका हुन् ।

सो आक्रमणमा एकै परिवारका कम्तीमा चारजनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा आमाबुवा र उनका दुई सन्तान छन् ।

रुसले गरेको आक्रमणका कारण भत्किएका पुलबाट सम्भावित सुरक्षित स्थान तर्फ जान लागेकाहरुमाथि मोटार आक्रमण भएको हो । कम्तीमा चारजनाको फुटपाथमै मृत्यु भयो ।

गएको शनिबारदेखि भत्किएको इर्पिन नदीको पुल वरपर हजारौँ त्रस्त सर्वसाधारण जम्मा भएका छन् । राजधानी किएभ तर्फ आउँदै गरेका रुसी सैनिकलाई रोक्नका लागि युक्रेनी सैनिकले पुल भत्काएका थिए ।

सर्वसाधारणलाई सो पुल हुँदै सुरक्षित स्थानमा जान सहयोग गर्न त्यहाँ युक्रेनी सैनिक थिए । तर रुसले सर्वसाधारणको भीडलाई नै निशाना बनाएको हो । रुसले दुईवटा मोटार वा तोप प्रहार गरेको हो ।

पुल क्षेत्रमा भएको आक्रमणमा कम्तीमा चारजनाको मृत्यु भएको र वरपरका स्थानमा थप चारजनाको ज्यान गएको स्थानीय मेयरले बताएको सिएनएनले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्

रुसको निशानामा अस्पताल, विद्यालय र आवासीय क्षेत्र

रुसको निशानामा अस्पताल, विद्यालय र आवासीय क्षेत्र

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष