
भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बगरेस्थित एक महिलाको शव फेला परेको छ।
तरकारी खेती हुँदै आईरहेको जग्गामा टिनको कच्ची टहराभित्र एकिन नामथर वतन नखुलेकी अन्जादी ३५, ४० वर्षकी महिलाको शव परालले छोपेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
मृतक महिलाको घाँटीको अगाडि भागमा गहिरो चोट, शरीरको अन्य भागहरुमा समेत काटेको चोटहरु र अर्धनग्न अवस्थामा रहेको प्रहरीले जनाएको छ।
उक्त महिलाको शवलाई पोष्टमार्टमको लागी काठमाडौँ मेडिकल कलेज, दुवाकोट लगिएको र थप अनुसन्धानको काम भईरहेको प्रहरीले जनाएको छ।