रितिशा गौतमले पाइन् श्री शंकरलाल अग्रवाल स्वर्ण पदक

रितिशा गौतमले पाइन् श्री शंकरलाल अग्रवाल स्वर्ण पदक
+
-

काठमाडौँ – इन्स्टिच्युट अफ इञ्जिनियरिङ (आईओई) थापाथली क्याम्पसकी रितिशा गौतमले ‘श्री शंकर लाल अग्रवाल स्वर्ण पदक’ पाएकी छन्। उनले स्वर्ण पदकसहित नगद रु ५१ हजार पुरस्कारसमेत पाइन्।

क्याम्पसको ५६औँ वार्षिक समारोहका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उनलाई स्वर्ण पदक र नगद पुरस्कारले सम्मान गरेका हुन्। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिलले उक्त पदक तथा नगद पुरस्कारको व्यवस्था गरेको हो।

रितिशाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयोजित इञ्जिनियरिङ संकायको स्नातक तहको परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएकी थिइन्।

शिक्षामन्त्री पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा विशेष अतिथिका रुपमा शंकर गु्रपका महाप्रबन्धक सेल्स एण्ड मार्केटिङ मनोज तिवारीका साथै इन्स्टिच्युट अफ इञ्जिनियरिङ थापाथली क्याम्पसका क्याम्पस प्रमुख जनार्दन भट्टलगायतको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?