सडक कार्यालयको निर्देशनपछि सच्याइँदै गुणस्तरहीन काम

सडक कार्यालयको निर्देशनपछि सच्याइँदै गुणस्तरहीन काम
+
-

काठमाडौँ – मध्य पहाडी राजमार्गबाट उपत्यका प्रवेश गर्ने साँखु फट्केश्वर बाउनेपाटी सडकको निर्माणाधीन खण्डमा गुणस्तरहीन कामलाई ठेकेदार कम्पनीले सुधार गर्न थालेको छ।

शंखरापुरको बाङ्ग्रेसबासदेखि सिन्धुपाल्चोकको सीमासम्म निर्माण भइरहेको पाँच किलोमिटर सडकमा ठेकेदार कम्पनीले सवबेस राख्दा तोकिएको मापदण्डभन्दा कम गुणस्तरको सामग्री प्रयाेग गरेपछि सडक डिभिजन कार्यालय काठमाडौँले सुधार गर्न निर्देशन दिएको थियो।

पिच गर्नुअघि बसबेस राख्दा मिलाउनु पर्ने गिट्टी, रातो माटो, बालुवा तथा धुलोको मात्रा नमिल्दा ‘ब्याण्डिङ’ हुन नसकेको एक प्राविधिकले बताए। गुणस्तरहीन कामलाई सुधार गरेरमात्रै पिच गर्न स्थानीयले माग गरेका छन्।

सबबेस बिच्छ्याएको केही दिनमै सबैजसो ठाउँमा उप्केको स्थानीय बासिन्दा निराजन आचार्यले बताए। उनले भने, ‘सामग्रीको मात्रा र गुणस्तर नमिल्दा ब्याडिङ हुन सकेको छैन। जसले गर्दा सबै ठाउँमा गिट्टी बाहिर निस्किएको छ। यसलाई सुधार नगरी पिच गर्ने हो भने सडक केही महिनालाई पनि टिक्दैन।’

सबबेसमा प्रयोग गरिएको कम गुणस्तरको निर्माण सामग्री।

निर्माण कार्यमा खटिएका एक प्राविधिकका अनुसार सम्झौताअनुसार ललितपुरको टीकाभैरवमा उत्पादित सबबेस राख्नुपर्ने भए पनि ठेकेदारले इन्द्रावती नदीको रातोमाटोविहीन रोडा प्रयोग गरेका थिए। रातो माटोको मात्रा कम र धेरै साना आकारका गिट्टी राखिएको हुँदा सडक ‘ब्याण्डिङ’ हुन नसकेको ती प्राविधिकले नाम उल्लेख नगर्ने शर्तमा बताए।

टीकाभैरवको सामग्री र इन्द्रावतीको निर्माण सामग्री प्रयोग गर्दा मूल्यमा ठूलो अन्तर हुने भएकाले सडक डिभिजन कार्यालको आँखा छलेर ठेकेदारले गणुस्तरहीन काम गरे पनि दबाबपछि सच्याउन बाध्य भएको हो। डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख नारायणप्रसाद निहुरेले कुनै पनि गुणस्तरहीन कामलाई स्वीकार नगरिने बताए।

उनले भने, ‘गुणस्तरहीन कामलाई हाम्रो कार्यालयले मान्दैन। राम्रो नभएको ठाउँमा करेक्सन हुन्छ। अहिले मात्रै होइन, सच्याउन लगाएपछि पनि पुनः परीक्षण गर्छौं। मापदण्ड पुगेन भने फेरि त्यसलाई करेक्सन गराउँछौँ।’

शर्मा एण्ड आरएनसीएस जेभीले गत वर्ष चैतमा ३१ महिनामा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो। निर्माण व्यवसायी राजु अधिकारीले समस्या देखिएको ठाउँमा गुणस्तरीय बनाउन सामग्री झारिसकेको बताए। उनले भने, ‘समस्या देखिएका ठाउँमा सुधार गर्छौं। त्यसका लागि हामीले भनेअनुसार सामग्री झारिसकेका छौँ।’

अधिकारीले गुणस्तरीय सामग्रीको स्रोत नभनी कार्यालयले राम्रो काम गरमात्रै भनेर दुःख दिएको गुनासो गरे। उनले सहज वातावरण भए आउँदो असारअघि नै पिच सक्ने तयारीमा आफूहरु रहेको जानकारी दिए।

उक्त सडकको जरसिंहपौवादेखि पाङ्ग्रेबाससम्मको खण्डमा गत वर्ष पिच भएको छ भने बाँकी सिन्धुपाल्चोकको तर्फको भागमा ठेक्का लाग्न बाँकी छ।

कम गुणस्तरको सामग्रीका कारण ‘ब्याण्डिङ’ हुन नसकी उप्केको सडक।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?