
धादिङ – धुनीबेँसी नगरपालिका– १ स्थित जयसिद्धी रोडा ढुङ्गा उद्योग प्रालिले सञ्चालन गरेको ढुङ्गा खानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु भएको छ।
मृत्यु हुनेमा खानीमा काम गर्ने मजदुर शैलेश भन्ने शिरीष तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।
उक्त घटनापछि खानीको काम रोकिएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। –रासस