बेलायतको बेजिङ स्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न

बेलायतको बेजिङ स्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न
+
-

हालै बेलायतस्थित बेजिङ स्टोक नेपाली समाज युकेको सातौँ अधिवेशन स्थानीय चुट हाउसको हलमा सम्पन्न भएको छ। १२ मार्च, २०२२ का दिन सम्पन्न उक्त अधिवेशनबाट आगामी तीन वर्षका लागि ओम गुरुङको अध्यक्षतामा सत्र सदस्यीय कार्य समितिको सर्वसम्मत चयनसमेत गरिएको छ।

कार्यसमितिमा चयन भएका अन्य पदाधिकारीहरुमा दुई उपाध्यक्ष विजय लिङथेप, दुर्गा गुरुङ, सचिव जगदीश वाग्ले, उपसचिव नवराज राई, कोषाध्यक्ष शिवध्वज राई र सह-कोषाध्यक्ष सुवर्ण गुरुङ छन्। मनोरञ्जन संयोजक सोम श्रेष्ठ (चेम्स),सहायक मनोरञ्जन सन्तोष गुरुङ, जिन्सी विभाग संयोजक टेक राई, जिन्सी विभाग सहायक जीवन गुरुङ, संचार एवं वेव मास्टर कृष्ण गुरुङ,खेलकुद संयोजक वल थापा, खेलकुद सहसंयोजक काजी राई, जनसम्पर्क संयोजक धुर्व गुरुङ, जेष्ठ नागरिक संयोजक उत्तर सुन्दास र युवा संयोजकमा सुवास पुन चयन भएका छन्।

कार्यक्रममा सचिवको वार्षिक प्रतिवेदन सचिव नवराज राईले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष नर प्रसाद सबेनहिमले संस्थाको कोष सम्बन्धि वार्षिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रमको सभापतित्व अध्यक्ष ओम गुरुङले गरेका थिए। कार्यक्रममा कोभिड-१९ का कारण ज्यान गुमाएका ज्ञातअज्ञात नेपाली लगायत सवैको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो।

साधारण सभाले संस्थाको विधान परिमार्जनका लागि समाजसेवी शिवजी श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको छ।

संस्थाले आफ्नै भवन खरिद गर्न लागेकोमा उपस्थित सवैले हाउजिङ समितिका संयोजक पञ्चवीर राई, सहायक संयोजक वेम थापा र सचिव नवराज राईप्रति आभार व्यक्त गर्दै आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए। यस अवसरमा यस भेकको सांसद मारिया मिलरसँग पनि सहयोगका लागि अनुरोध गरिएको रसहयोगको आश्वासन पाएको जानकारी एनआरएन युकेका पूर्व अध्यक्ष पुनम गुरुङले गराए।

निर्वाचन समितिको भुमिकामा संयोजक तील बिक्रम सोमबाहाम्फे (पूर्व अध्यक्ष), सचिव प्रेम गुरुङ (पूर्व अध्यक्ष) र सदस्य पुनम गुरुङ (एनआरएन युकेकानिवर्तमान अध्यक्ष) सफलताका साथ सर्वसम्मत निर्वाचन सम्पन्न गराउन सफल भए। निर्वाचित पदाधिकारीहरूलाई संयोजक तील बिक्रम सोमबाहाम्फेले सपथ ग्रहण गराएका थिए।

कार्यक्रममा समाजसेवी तथा लब्ध प्रतिष्ठित व्यक्तित्वहरुले आ-आफ्नो मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा उनीहरुले संस्थाको उन्नति र यस भेकमा वसोवास गर्दै आएका नेपालीहरूको हित प्रवर्धनमा जोड दिएका थिए।

यसरी मन्तव्य राख्नेमा समाजसेवी एवम् समाजका पूर्व अध्यक्ष पंचवीर राई, शिवजी श्रेष्ठ, पूर्वअध्यक्ष प्रेम गुरुङ ,पूर्व अध्यक्ष तील बिक्रम सोमबाहाम्फे,पूर्व सचिव निशा शर्मा, एनआरएन युकेका पूर्व अध्यक्ष योगकुमार फगामी, एन आर एन युकेका निवर्तमान अध्यक्ष पुनम गुरुङ, केवाइसि युकेका उपाध्यक्ष अमृता पालुङवा समेत थिए।

कार्यक्रममा सहभागीहरूका लागि स्थानीय जोमसोम क्याटरिङका म्यानेन्जिङ डाइरेक्टर बिष्णु गुरुङ र जीवन लिम्बूले निशुल्क स्वादिष्ट भोजनको व्यवस्थापन गरेका थिए।

यसैगरी सातौं कर्यसमिति (सन् २०२२-२५) को २७ मार्च २०२२ मा बसेको पहिलो बैठकले १५ जना लब्ध प्रतिष्ठित व्यक्तित्वलाई सल्लाहकारमा मनोनयन गरेको छ भने अन्य १६ जना महानुभावहरूलाई सम्मान गरिँदैछ।

कार्यसमितिलाई पूर्ण आकार दिने गरी थप चार जना मनोनयन गरेर २१ सदस्यीय बनाइएको छ।

प्रत्येक वर्ष आयोजना गरिने ग्रीष्मकालीन पार्टी कोरोनाको लकडाउनपछि पहिलो पटक यस वर्षको अप्रिल २३ तारिखमा सम्पन्न हुन गइरहेको छ।

उक्त पार्टीमा करिव ३०० जनाको सहभागिता रहने अनुमान गरिएको छ। यसै अवसरमा युवा पुस्तालाई नेपाली पन र मनमा जोडने उद्देश्यले विभिन्न खेलकुदको आयोजना गरिएको छ। यसैगरी अक्टोवर महिनाको १ तारिखका दिन हिउँदे पार्टी आयोजना गरिएको छ। अक्टोवर महिनाको २३ तारिखका दिन देउसी भैलो खेल्ने कार्यक्रम पनि छ।

यस बेजिङस्टोक क्षेत्रमा करिव एक हजार नेपाली घर परिवार रहेका छन् भने संस्थाको सदस्यमा ४९१ जना आबद्ध भइसकेका छन्। नव नियुक्त यस कार्य समितिले संस्थाको सदस्यतालाई बढाउने उद्देश्य लिएको छ। संस्थाको स्थापना सन् २००६ को अप्रिल महिनामा भएको थियो। संस्थाको पहिलो सस्थापक अध्यक्ष स्व. भक्तबहादुर लिम्बु हुन्। यो संस्था वेलायतको च्यारिटीमा समेत दर्ता भएको छ। जम्मा पाँच पाउण्डको शुल्क तिरेर आजिवन सदस्यता लिन सकिने संस्थाको नियम रहेको छ। साथै यसै क्षेत्रमा वसोवास गर्ने एनआरएन युकेका पूर्वअध्यक्षद्वय योगकुमार फगामी र पुनम गुरुङ पनि यही समाजमा आवद्ध छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?