
काठमाडौँ – गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा बुढानीलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।
फाउन्डेसन, नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका कार्य समिति र ४ नम्बर वडा कार्यसमितिको संयुक्त आयोजनामा बुढानीलकण्ठ नगरपालिका– ४ मा स्वास्थ्य शिविर सम्पन्न भएको हो।
शिविरमा ४ सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ। स्थानीय वडा सदस्य श्रीराम केसीका अनुसार कार्यक्रममा काठमाडौँ मेडिकल कलेजका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए। शिविरमा बालरोग, नाक, कान, घाँटी, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी, आँखा र दाँतको निःशुल्क परीक्षण गरिएको थियो।
त्यस्तै ईसीजी, एक्स–रे, भिडियो एक्स–रे तथा रगत र पिसाबको निःशुल्क परीक्षण गरिएको थियो। स्वास्थ्य शिविरमा काठमाडौँ मेडिकल कलेजले नै ल्याबको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ५ का सभापति श्यामबहादुर खड्का, कांग्रेस क्षेत्र नम्बर ५ ९ख० का सभापति तथा ४ नम्बर वडाध्यक्ष राजु खड्का र वडा नम्बर ४ का कांग्रेस सभापति श्याम खड्कालगायतको उपस्थिति रहेको थियो।