
काठमाडौँ – चितवनमा बाघको आक्रमणपछि बेपत्ता भएका वृद्धको शव भेटिएको छ।
पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार उनको शव शनिबार बिहान ११:२९ बजे जीतपुरघाटमा भेटिएको हो। बाघले आक्रमण गरेर लगेपछि खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो।
आइतबार बिहान करिब ९ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको थियाे।