एमालेबाट हेटौँडाको मेयरमा ९ र उपमेयरमा ७ जनाको नाम सिफारिस

एमालेबाट हेटौँडाको मेयरमा ९ र उपमेयरमा ७ जनाको नाम सिफारिस
+
-

हेटौँडा – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेबाट हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि ९ जना र उपमेयरका लागि ७ जनाको नाम सिफारिस भएका छन् ।

आइतबार बसेको नगर कमिटिको बैठकमा सहमति नजुटेपछि आकांक्षी सबैको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको हो ।

हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि आकांक्षी हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गरिएको हो ।

महत अहिलेका मेयर हुन् भने खुलाल जिल्ला समन्वय समितिका प्रमुख हुन् । राना नेकपा एमाले केन्द्रीय सदस्य र श्रेष्ठ जिल्ला अध्यक्ष हुन् ।

यस्तै मेयरका अर्का आकांक्षी पौडेल दोश्रो संविधानसभा सदस्य हुन् । दाहाल र चौंलागाईं अधिवक्ता हुन् । यस्तै महर्जन यसअघि हेटौँडा उपमहानगरपालिकाको वातावरण महाशाखामा प्रबन्धकका रुपमा कार्यरत थिए ।

मेयर पदमा सिफारिस एक मात्र महिला गणेशकुमारी प्रधान भने जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य हुन् । उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपालको नाम सिफारिस भएको छ ।

– न्यूज कारखाना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?