
दिपा दाहाल
जेठ २६, २०७५

अ
+
अ
अ
-
काठमाडौँ – प्रख्यात न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई केहीबेरमा गोरखा लगिँदै छ । न्यूरो अस्पतालमा उपचार गराइ रहेका डा. देवकोटालाई हेलिकप्टर मार्फत गोरखा लैजान लागिएको हो ।
डा. देवकोटाले गाउँ हेर्न मन गरेपछि उनलाई गोरखा उनको जन्मथलो लैजान लागिएको हो ।
न्यूरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत वसनत देवकोटाले भने, ‘उहाँले मलाई मेरो गाउँ हेन रहर भयो भन्नुभयो । त्यसपछि अक्सिजनसहित गोरखा लैजाने तयारी भएको छ ।’

