टिकट नपाएपछि भक्तपुर कांग्रेसका खायमलीले दिए राजिनामा

टिकट नपाएपछि भक्तपुर कांग्रेसका खायमलीले दिए राजिनामा
+
-

भक्तुपर – स्थानीय तह निर्वाचनमा टिकट नपिाएपछि भक्तपुरका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले राजीनामा दिएका छन् ।

उनले पार्टी अध्यक्षलाई सम्बोधन गरी सोमबार राजीनामा दिएका हुन् । उनी पार्टीबाट जिल्लाको सूर्यविनायक नगरपालिकाकाको मेयरमा आकांक्षी थिए ।

सूर्यविनायक नगरपालिकाको मेयरका आकांक्षी खायमलीले आफू पार्टीको सबै तह र साधारण सदस्यको जिम्मेवारीबाट समेत अलग रहने बताउँदै पार्टी भक्तपुर जिल्ला समितिसमक्ष राजीनामा दिएका हुन् ।

उनले पत्रमा मेयरको टिकट नदिएको विषयलाई घुमाउरो पाराले लेखेका छन् । उनले पार्टीमा बसेर योगदान गरेका व्यक्तिहरुलाई माथि उकास्नुको सट्टा उल्टो अपमान गरेकोसमेत भाव राजीनामामा उल्लेख गरेका छन् ।

उनको राजिनामाले सूर्यविनायक कांग्रेसलाई अफ्ठ्यारो पर्ने आंकलन गरिएको छ । त्यसको फाइदा सिधै एमालेलाई हुनसक्ने आंकलन गरिएको छ । गएको चुनावमा सूर्यविनायकमा एमालले झिनो मतले विजयी हासिल गरेको थियो ।

– न्युज कारखाना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?