हेटौंडा उपमहानगरमा गठबन्धनले उम्मेदवारी दर्ता गरायो

हेटौंडा उपमहानगरमा गठबन्धनले उम्मेदवारी दर्ता गरायो
+
-

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदको लागि सत्तारुढ गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ।

गठबन्धनको निर्णयअनुसार मेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो भने उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो।

सोहीअनुसार मेयर पदमा नेकपा एसबाट मीनाकुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसबाट राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन्। गठबन्धनका उम्मेदवारहरूले र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि लामाले निर्वाचनमा जिते हेटौंडाको सबै वडामा खानेपानी, पूर्वाधार, खेलकुद लगायतका क्षेत्रहरुलाई विशेष जोड दिने बताइन्।

प्राविधिक कृषि, महिला उद्यमीहरूलाई आर्थिक रुपान्तरणसँग जोडेर काम गर्ने उनको भनाइ छ। उपमेयरका उम्मेदवार राजेश बानियाँले शिक्षा, स्वास्थ्य, खेलकुदमा विशेष जोड दिँदै काम गर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?