रसुवामा उम्मेदवारविरुद्ध परेका सबै उजुरी रद्द

रसुवामा उम्मेदवारविरुद्ध परेका सबै उजुरी रद्द
+
-

रसुवा-स्थानीय तहको निर्वाचनमा रसुवाका उम्मेदवारविरुद्ध परेका सबै उजुरी रद्द भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार छानबिन पश्चात उजुरी रद्द गरिएको हो।

जिल्लामा मनोनयन दर्ता गरेका ८ जनाविरुद्ध उजुरी परेको थियो। जिल्लाको आमाछोदिङ्मोमा अध्यक्षविरुद्ध दुई र उपाध्यक्षविरुद्ध एक, उत्तरगयामा दलित महिला सदस्यविरुद्ध एक र गोसाइँकुण्डमा वडाध्यक्षविरुद्ध एउटा उजुरी दर्ता भएको थियो।

आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्ति साद लुइटेलका अनुसार एमालेका उम्मेदवारविरुद्ध कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारले तथा कांग्रेसका उम्मेदवारविरुद्ध एमालेलेका उम्मेदवारले उजुरी दिएका थिए।

तीन वटा सदस्य पदका लागि पनि उजुरी परेको थियो ‘तीन सदस्य उम्मेदवारविरुद्ध पनि ३ वटा उजुरी आएको थियो उनले भने, ‘यी पनि रद्ध भएका छन्। गोसाइँकुण्ड गाउँपालिका‘१ का वडाध्यक्षका उम्मेदवारविरुद्ध स्वतन्त्रका उम्मेदवारले उजुरी हालेका थिए।

कांग्रेसबाट उम्मेदवारी बनेकाविरुद्ध आफू कार्यरत संस्थाबाट राजीनामा नदिएको भन्दै उजुरी दर्ता आएको थियो। मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार उनले राजीनामा दिएको पत्र बुझाएपछि उक्त उजुरी रद्द भएको हो।

उत्तरगया गाउँपालिका दलित महिला सदस्यविरुद्ध दलित भएको आधिकारिक पत्र नबुझाएको भन्दै उजुरी परेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?