
काठमाडौँ – कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गएराति काठमाडौँको कोटेश्वरमा प्रदेश नम्बर ०३–०२००५ प ५८७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ नालीमा खस्दा २२ वर्षका सचिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका काभ्रे उग्रतारा गाउँपालिका–७ का श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो ।