छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
+
-

कैलाली – माछा मार्ने क्रममा कैलालीमा दुई जनाको मृत्यु भएको छ।

माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए।

यसैगरी, जिल्लाको घोडाघोडी नगरपालिका–४, रामशिखरझालाका २२ वर्षीय नरेश बुढाको नजिकैको बेत्नी खोलामा बिजुलीद्वारा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

करेन्टबाट घाइते भएका बुढाको उपचारका क्रममा सुख्खड अस्पतालमा गएराति मृत्यु भएको हो।

मृतक बुढासँगै माछा मार्न सोही खोलामा गएका कैलाश ठगुन्ना, अनिल चौधरी र ललित बुढालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जोशीले बताए।

जिल्लाको गोदावरी नगरपालिका–४ बन्देगडा गाउँका ४० वर्षीय वीरबहादुर रोकामगरलाई प्रहरीले नजिकैको राजीताल सामुदायिक वनको गैराखोलामा शुक्रबार मृत अवस्थामा फेलापारेको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?