तीन दिनदेखि अवरुद्ध हुम्लाको सञ्चार सेवा सुचारु

तीन दिनदेखि अवरुद्ध हुम्लाको सञ्चार सेवा सुचारु
+
-

सिमकोट– तीन दिनदेखि अवरुद्ध रहँदै आएको हुम्लाको सञ्चार सेवा सुचारु भएको छ। कालिकोट जिल्लाको महावु लेकमा रहेको नेपाल टेलिकमको टावरको मर्मतपछि हुम्लाको अवरुद्ध सञ्चार सेवा सुचारु भएको हो।

नेपाल टेलिकम हुम्लाकी प्रमुख रिजिआङ्वु लामाकाअनुसार टेलिकमका अवरुद्ध सबै सेवा तीन दिनपछि सुचारु भएका छन्। कालिकोटको महावु लेकको टावरमा समस्या आउँदा हुम्लामा गत आइतबारदेखि इन्टरनेट सेवा प्रभावित भएको थियो।

उनले टावरको रेडियो लिङ्कमा नयाँ उपकरण जडानपछि टेलिकमको एडीएसएल, मोबाइल र फोरजी सेवा सुचारु भएको जानकारी दिइन्।

रेडियो लिंकमा भएको समस्या समाधानको लागि प्राविधिक टोली महाबु लेकमा सोमबार बेलुका पुगेको भएपनि मंगलबार दिउँसो मात्र मर्मत गरेर सेवा सुचारु गर्न सफल भएको हो। सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह निर्वाचनको बारेमा जानकारी लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई कठिन भएको थियो।

त्यसैगरि महावुलेक नजिकको लेकमा फाइवरमा समस्या आएपछि जिल्लामा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकको सेवा पनि तीन दिनपछि सुचारु भएको छ।

आइतबार बिहानैबाट आएको इन्टरनेटको समस्याले जिल्लास्थित सबै सरकारी तथा निजी कार्यालय र बैंकहरूको काम ठप्प भएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष